
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा विभिन्न संवैधानिक निकायमा भएका ५२ जनाको नियुक्तिविरुद्ध दायर रिटमाथि सुनुवाइको लागि सर्वोच्च अदालतको संवैधानिक इजलासमाआज पेसी तोकिएको छ। ४ वर्षपछि निकायमा गरेको ५२ नियुक्तिविरुद्धको रिटमाथि संवैधानिक इजलासमा आज बुधबारदेखि अन्तिम सुनुवाई सुरु भएको भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत राउत नेतृत्वको संवैधानिक इजलासलेआज बुधबारदेखि पदाधिकारी नियुक्त विरुद्धको रिटमाथि सुनुवाई सुरु गरेको हो । संवैधानिक इजलासमा प्रधान न्यायाधीशका अतिरिक्त वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, कुमार चुडाल र नहकुल सुवेदी छन्।
संवैधानिक परिषद्सम्बन्धी विवादित अध्यादेश जारी गर्दै तत्कालीन प्रधानमन्त्री ओलीले आफू नेतृत्वको परिषद्को बैठक बोलाएर ३० मंसिर २०७७ मा विभिन्न संवैधानिक निकायमा ५२ जनालाई नियुक्त गर्ने निर्णय गरेका थिए।








