काठमाडौं । काठमाडौं जिल्ला अदालतले मेडिकल ब्यापारी दुर्गा प्रसाईं लाई १ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।
काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलले दुई वटा मुद्दामा ५०,५० हजार धरौटीमा छाड्न आदेश दिएका हुन् ।
प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा मुद्दा दायर भएको थियो ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार कसुर गरेको अभियोगमा पाँच वर्षसम्म कैद सजाय मागदाबीसहित मुद्दा दायर गरिएको थियो ।प्रसाई गत असोज ६ गते भक्तपुरबाट पक्राउ परेका थिए ।