काठमाडौ । नेपाली साहित्यमा प्रकाशित उत्कृष्ट कृतिलाई हरेक बर्ष पद्मश्री साहित्य पुरस्कार प्रदान गरिंदै आएको मा २०८० सालमा प्रकाशित १८६ वटा साहित्यिक पुस्तक यस प्रतिष्ठानमा प्राप्त भएका थिए । ती मध्ये पुरस्कार चयन समितिले पहिलो चरणमा पन्ध्र पुस्तकको विस्तारित सुची प्रकाशन गरेको जनाएको छ । साथै अर्को महिना पांचवटा पुस्तकको उत्कृष्ट संक्षिप्त सुची चयन गर्ने पनि जनाइएको छ ।
अडिएका पाइला( उपन्यास) विष्णु सापकोटा ,अद्वैत( उपन्यास) कृष्ण गौतमअर्को देशमा(कथा संग्रह)सानु शर्मा,,गल्ली संसार(निबन्ध संग्रह), रोशन शेरचन ,गोधूलि गीत( उपन्यास) भानु बोखिम,गोपीचा(उपन्यास)विश्व कुइकेल जोगियाना( संस्मरण,),कुमार नगरकोट,।बहादुर शाह( उपन्यास), चिरन्जीवी वाग्ले बागी स्त्रीको आत्मकथा(कविता संग्रह,)सुमिना,बादलडाँडा( नियात्रा) राजेन्द्रमान डंगोल,बोरा( उपन्यास,)अखण्ड भण्डारीभृकुटी( उपन्यास, गोविन्दप्रसाद कुसुम
लन्डन अनप्लग्ड(संस्मरण)गोपी सापकोटा,संस्कृति चिन्तन (निबन्ध संग्रह)अरुण गुप्तो साखेजुङको उकालो( जीवानाख्यान)भुवनहरि सिग्देल का कृतिहरु विस्तारित सुचीमा रहेको खेमलाल हरिशरण लामिछाने समाज कल्याण प्रतिष्ठानका जिवा लामिछानेले जनाएका छन् ।