काठमाडौं ।सरकारले १६देशका लागि राजदूत प्रस्तावित गरेकोमा संसदको सुनुवाइ समितिबाट १६ जनाको नाम अनुमोदन भएको छ।
यी मध्ये १२ जना प्रस्तावित राजदूतहरूको नाम समितिले सर्वसम्मत रूपमा अनुमोदन गरेको हो भने चार जना प्रस्तावित राजदूतको नाम बहुमतबाट अनुमोदन भएको छ भने एक जनाको कागजात नपुगेको भन्दै स्थगित गरिएको हो।
केही समय अघि सरकारले चीनका लागि कृष्णप्रसाद ओली, इसराइलका लागि धनप्रसाद पण्डित, जर्मनीका लागि शैल रूपाखेती, कतारका लागि रमेशचन्द्र पौडेल, पोर्चुगलका लागि प्रकाशमणि पौडेल, पाकिस्तानका लागि रिता धिताल, भारतका लागि शंकर शर्मा, दक्षिण अफ्रिकाका लागि कपिलमान श्रेष्ठ, साउदी अरबका लागि नरेशविक्रम ढकाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, स्पेनका लागि सनिल नेपाल राजदूत प्रस्ताव गरेको थियो।