काठमाडौं ।तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको विदाइ गरिएको छ ।
यसका सार्थ अन्य सेवा अवधि पूरा गरेका प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूको बिदाइ गरिएको छ ।
सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच उनीहरूलाई बिदाइ गरिएको हो । प्रहरी प्रधान कार्यालयले जनाए अनुसार
नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामनासहित उनीहरूको बिदाइ गरेका हुन् ।