pm office
काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको छ ।
समितिले सदनमा प्रतिवेदन बुझाएको दुई दिनपछि प्रधानमन्त्री कार्यालय पुगेको हो ।
संसदीय समितिका संयोजक सूर्य थापाले संसदमा प्रतिवेदन पेश गरेपछि सभामुख देवराज घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि सरकारलाई पठाउन सचिवालयलाई निर्देशन दिएका थिए ।