
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ।
उपसभामुख इन्दिरा रानाका अनुसार सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको परिषद्को बैठकले राउतलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले र्वोच्चका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ देखि अवकाशमा जाँदै छन् । संविधानको धारा २८४ (३)बमोजिम अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि परिषद्ले सिफारिस गर्नुपर्ने व्यवस्था छ । संवैधानिक व्यवस्थाअनुसार भदौ १९ मा नै सिफारिस हुनुपर्नेमा अहिलेसम्म परिषद् बैठक बस्न सकेको थिएन ।





