काठमाडौँ । नयाँ राष्टकुमारीका रूपमा छनोट गरिएकी काठमाडौं इटुम्बहालकी साढे दुई वर्षकी शाक्य कन्या आर्यतारा शाक्यलाई आज आसन ग्रहण सम्पन्न भएको छ ।
आज मंगलबार दिउँसो १२:०५ बजेदेखि १२:१६ बजे साईतको बीचमा शाक्य कन्या आर्यतारालाई कुमारी घरको आसनमा कुमारी अभिषेकपछि विराजमान गराइएको हो ।नयाँ कुमारी आर्यतारा शाक्य, आजबाट कुमारी माजुको आसनमा विराजमान हुनुभएको छ ।
परम्परागत विधि अनुसार शाक्य कन्या आर्यतारा शाक्यलाई नयाँ राष्ट कुमारीको रूपमा चयन गरिएको थियो । आजबाट कुमारी आशनबाट बिदा लिनुभएका कुमारी तृष्णा शाक्यलाई ससम्मान बाजागाजासहित बिदा गरि उहाँको घरसम्म श्रद्धा र्यालीसहित पुर्याउने कार्य भएको छ ।