
काठमाडौँ । फिफा विश्वकपमा आज विहान भएको खेलमा अमेरिकालाई ४-१ को भारी गोलअन्तरले हराउँदै बेल्जियम क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
बेल्जियमको जितमा चार्ल्स केट्लरले दुई गोल गरे ।
उनले खेलको नवौँ मिनेटमा पहिलो गोल गरेका थिए । अमेरिकाका मलिक टिलिमेनले ३१ औँ मिनेटमा गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए ।
खेलको ३३ औँ मिनेटमा बेल्जियमका चार्ल्सले अर्को गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । खेलको ५७ औँ मिनेटमा बेल्जियमका ह्यान्स भेनकेनले गोल गर्दै नतिजा ३-१ मा पुर्याए ।
दोस्रो हाफको इन्जुरी समयमा रोमेलु लुकाकुले गोल गरेसँगै बेल्जियम ४-१ ले विजयी भयो ।
क्वाटरफाइनलमा बेल्जियमले अब स्पेनको सामना गर्नेछ । स्पेनल पोर्चुगललाई हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।
विश्वकपमा अमेरिकाको पराजयसँगै तीनवटै आयोजक राष्ट्र बाहिरिएका छन् ।
