
काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापतिको निर्देशन विपरीत काम गर्ने संसदीय दलको नेतालाई हटाउने प्रावधान पार्टी विधानमा राखेको छ।
असार १२ गते सम्पन्न पहिलो महाधिवेशनले पारित गरेको पार्टी विधानको धारा ६८ मा संसदीय दलको नेतालाई पदमुक्त गर्ने व्यवस्था राखिएको हो।
संसदीय दलभित्र लोकतान्त्रिक जबाफदेहिता र पदीय स्थिरतालाई सन्तुलनमा राख्न विश्वव्यापी संसदीय मूल्य-मान्यताका आधारमा संसदीय दलका नेताको पदमुक्ति सम्बन्धी व्यवस्था राखिएको विधानको धारा ६८ मा उल्लेख छ।
उक्त धाराको उपधारा (१) मा संसदीय दलका नेता स्वतस् पदमुक्त हुने ६ अवस्था तोकिएको छ।




