
काठमाडौँ।प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला महामारीबाट ५०० भन्दा बढी व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाएको छ ।
संयुक्त राष्ट्रसंघको स्वास्थ्य निकायले जारी गरेको अद्यावधिक तथ्यांकअनुसार मे महिनाको मध्यतिर महामारी घोषणा भएयता कंगोमा एक हजार ५६१ जना संक्रमित भएका छन्, जसमध्ये ५०६ जनाको मृत्यु भएको छ ।
छिमेकी देश युगान्डामा पनि दुईजनाको मृत्यु भएको छ । त्यहाँ अवस्था अपेक्षाकृत स्थिर छ र २० जना संक्रमितमध्ये १६ जना निको भएका छन् ।
कंगोको तथ्यांकअनुसार यो महामारीमा संक्रमितमध्येबाट भएको मृत्युदर ३२ प्रतिशत रहेको छ ।
