काठमाडौ । ट्याँकर व्यवसायीहरुका विभिन्न संस्थाहरुको विरोधका कारण उपत्यकामा पेट्रोलको अभाब देखिएको छ ।
थानकोटबाट आउने पेट्रोल ट्याँकर ब्यावसायीहरुले रोेकेपछि अभाव भएको हो । यसैले प्रायः पेट्रोलपम्प बन्द छन् । गत शनिबारदेखि विभिन्न माग राखेर ट्याँकर व्यवसायीहरुले आन्दोलन सुरु गरेका हुन् । आफूहरुले लामो समयदेखि अत्यावश्यक सेवासुविधा बिनै नेपाल आयल निगममा काम गरेको भन्दै विभिन्न सात बुँदे माग राखेर आन्दोलनमा उत्रेका हुन् । सोमबारदेखि पूर्ण काम छाडेर ट्याँकरको चावी नै सवारीधनीलाई हस्तान्तरण गरेर उनीहर आन्दोलनमा उत्रेका छन् ।