
काठमाडौँ ।भारतकी वरिष्ठ तथा प्रख्यात गायिका सुमन कल्याणपुरको आइतबार साँझ मुम्बईमा ८९ वर्षको उमेरमा निधन भएको छ।
सञ्चार माध्यमहरूका अनुसार उनको निधनको कारण उमेरसँग सम्बन्धित स्वास्थ्य समस्याहरू बताइएको छ।सुमनले आइतबार राति करिब ८ बजे अन्तिम श्वास लिएकी थिइन्। जीवनको अन्तिम दिनहरूमा उनी आफैँले गाएका पुराना गीतहरू सुनेर समय बिताउने गर्थिन् र उनले निकै शान्तिपूर्वक यस संसारबाट बिदा लिएकी छिन्।
सङ्गीत क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको कदर गर्दै भारत सरकारले उनलाई सन् २०२३ मा प्रतिष्ठित पद्मभूषण सम्मानबाट विभूषित गरेको थियो।
‘आजकल तेरे मेरे प्यार के चर्चे’, ‘ना ना करते प्यार तुम्हीं से’ र ‘तुमने पुकारा और हम चले आए’ जस्ता सदाबहार गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन्।


