
काठमाडौँ ।भारतसँग सीमा विवादबारे प्रधानमन्त्री बालेन शाहले संसदमा दिएको अभिव्यक्तिबारे श्रम संस्कृति पार्टीले आपत्ति जनाएको छ।
पार्टी अध्यक्ष हर्क साम्पाङले सोमबार विज्ञप्ती जारी गरी प्रधानमन्त्रीको अभव्यक्तिले सरकार सीमा रक्षा र भौगोलिक अखण्डताप्रति प्रतिबद्ध नरहेको प्रष्ट भएको भन्दै आपत्ति जनाएको हो।
प्रधानमन्त्रीको अभिव्यक्तिमा सीमा मिचिएको कुरा रफादफा गर्ने बदनीयत देखिएको पनि श्रम संस्कृतिले भनेको छ।

