कथा
हरिश कल्पित
दिपा आज सारै उदास देखिन्छिन् । अनुहार भरी पिडा झल्कीरहेको प्रष्टै देख्न सकिन्छ । वादलले ढाकिएको डम्म आकाशझै तिनको मुख मण्डलमा छाएको उदाशीपनले हिमाँसुको मन छियाछिया हुन्छ ।
“हैन ! आज तिमीलाई के भयो हँ ? सारैनै उदासिन देखिन्छेउ ! बोल्दा पनि केही केही बोल्दिनौ ।“ भावुक भै सोध्छ हिमाँशु ।
लोग्नेको यो सोधाईले उनिमा अचम्मको परिवर्तन ल्याउँछ । उनी हत्तपत्त पलङमा घोप्टो पर्दै रून थाल्छिन । उनको यस प्रतिक्रियाले हिमाँशुलाई झनै आश्चर्यचकित बनाउँछ । के गर्ने ! के नगर्ने दोधारमा अल्झिँदै पुनः सोध्छ –“प्लिज दिपा ! केही त बोल ! केही त भन ! तिमीले केही भन्दैनौ भने कसरी बुझुँ म तिम्रो मनको कुरा ! के भयो भनन । कस्ले तिमीलाई यसरी दुखित बनायो ।“
दिपा अझै पनि केही बोल्दिनन् । यो देखेर हिमाँशु वाक्क हुन्छ ।
बुझ्नै सकिदैन स्वास्नीमान्छेको मनको कुरा पनि । मनमनै सोध्छ । एकै छिनपछि दिपाको रूवाई वन्द हुन्छ । रुन्चे अनुहार लिई जुरुक्क उठेर वाथरुम तिर लाग्छिन् । हिमाँशू एकोहोरो उनी गएतर्फ हेरी रहन्छ । “के भयो होला ?” मन आज बिहान अफिस जाँदासम्म त हँसिली देखिन्थिन् । झन् शनिवार सिनेमा हेर्न जाने प्रस्ताव पनि उनैले नै राखेकी थिईन् । तर अहिले के भयो त्यस्तो ? अध्यारो अनुहार, बोल्दा पनी केही बोल्दि । पर्यो होला त्यस्तो ?, म बाट केही गल्ती भयो कि ?” आफैले आफैलाई प्रश्न गर्छ । अँह …..त्यस्तो केही त भएको छैन, सँगै गएका थियौं । सँधैजसो तिनलाई स्कुलमा छोडेर आफु अफिस गएको थिएँ ।
कही म अवेला आएर रिसाएकि हो कि ? मनमनै ससँकित हुन्छ । एकछिनमै दिपा बाथरूमबाट निस्कन्छे । रूमालले मुख पुछ्दै सोध्छिन् –“खाना सेलाई सक्यो । हजुर लुगा फेर्दै गरिस्योस । म खाना तताउँछु ।’ भान्छातिर जान खोज्छिन् । हिमाँशु उनलाई रोक्दै भन्छ –“ भयो ! पर्दैन् आज ड्रिक्स गरेर आएको छु । धेरै होईन खाली दुई प्याक मात्र” हातले ईशारा गर्दै देखाउछ । स्वास्नीलाई फकाउने प्रयास गर्दै फेरी भन्छ –“निकै ढिलो भएछ ।’ घडी हेर्छ । “ओहो ! ….. एघार पो बजिसकेछ । आई एम सरी दिपा ! हेरन के गर्ने ! साथीभाईहरुले कर गर्छन् । नमानौ कसरी ! आज त्यो सईशान छ नि ! तिमी पनि चिन्छो नि । उसको तर्फबाट हामी साथीहरुलाई पार्टी दिएको । उसको प्रोमोसन भयो नि । मैले त ड्रिङक्स छाडिसके भन्दा पनि मानेन् । के गर्ने, साथीभाईहरु कर गर्छन् । नमानौ.कसरी, मानौं भने तिम्रो चित्त दुख्छ । तर पनि दुई प्याक भन्दा लिदै लिईन नि ।’ साथीभाईलाई ढाल बनाई आफू बच्ने प्रयास गर्छु ।
“अनि तिमीले खायौ त ?” मायालु पारामा सोध्छ ।
“खान मन् छैन,” उनी सुस्तरी भन्छिन् ।
“ओहो ! ……. त्यसरी काहाँ हुन्छ र ? अहिले त तिमीले स्वास्थ्यको राम्रो ख्याल गर्नुपर्छ । यस्तो कुरा पनि मैले भनि रहनु पर्छ र ? हिँड ! आज म तिमीलाई खुवाउँछु । आजको लागि तिमी मेरो लोग्ने म तिम्रो स्वास्नी कि कसो ? उनलाई हँसाउने असफल प्रयास गर्छ । उनि अझै पनि चुपचाप देखेर हिमाँशु जुरुक्क उठछ र नजिक पुगी उनको पाखुरा समाउँदै भन्छ –“मलाई माफ गर मेरी प्रयसी ।“ नाटकीय पाराले भन्दै गालामा चुम्वन गर्छ । यो देखेर उनी विस्तारै मुस्कुराउँछिन् । अनि लोग्नेलाई हेर्छिन् । लाग्छ ग्रहणले छोडेको चन्द्रमा झै तिनको मुखमण्डलमा कान्ति छाउँछ । हिमाँशु उनलाई डोर्याउदै भान्सातिर लाग्छ ।
“टनननन ।”
घडीको यो आवाजले दिपाको निद्रा खुल्छ। हतपत घडी हेर्छिन्। ओहो…..! सात बजि सकेछ। कति अबेलासम्म निदाएछु । हतारिँदै बेडबाट उठ्छिन् । कपाललाई जुरो पार्दै एकनजर बेडतर्फ फ्याक्छिन । हिमांशु अझै पनि मस्त निन्द्रामै हुन्छ । एकछिन लोग्नेलाई टोल्हाएर हेरिरहन्छिन्। मनमनै लोग्नेप्रति असिम माया जागेर आउछ।बिस्तारै हात हिमांशुको निधारमा लग्छिन,कपाल मुसार्छिन्।हिजोको घटनाले अझैपनि उनको मन बिथोलिई रहेकैहुन्छ । तरपनि उपयुक्त अवसरको प्रतिक्षा गर्छिन्। लोग्नेको राय जान्नको लागि उचित मौका पारेर भनुँला,अवश्य पनि मानि हाल्लान नि । मनमनै विश्वस्त हुन्छिन्। हतपत भान्छा तिर लाग्छिन । सासुलाई चिया लान ढिलो भईसकेछ । ग्याँसचुल्हो बालेर चिया पानी बसाल्छिन । पानी बिस्तारै बिस्तारै उम्लन थाल्छ् । उनि उम्लिएको पानीमा एकतमासले हेरिरहन्छिन् । हिजोको घट्ना आँखा अगाडि एकपछि अर्को गर्दै छछल्किन थाल्छन् ।
स्कुलको दोस्रो पिरियड खालि थियो। त्यसैले उनि अफिसमा बसेर पत्रिका हेरिरहेकी थिईन् । त्यतिकैमा पुजा हतारिदै आई सोधेकी थिइन“दिपा मिस,तपाईको पिरियड खाली हो?” उनी पत्रिकाबाट आँखा हटाई पुजातर्फ हेर्दै हो भनेर मुन्टो हल्लाउछिन ्।
“त्यसो भएयसो एकछिन नजिकैको डा.रामकुमारको क्लिनिकमा जाउँ न । मेरोपनि अहिले खाली पिरियड हो । अलि संकोचबस भनेकी थिईन् पुजाले । दिपा आश्चर्य भई पुजाको अनुहार निहाल्न पुगिन“के भयो पुजा मिस?सन्चो छैन कि क्या हो?” पुजाको शरीरको निरीक्षण गर्दै भनिन् ।‘हिडनुसन त्यहि गएपछि भनौला । यहाँ कहाँ भन्ने?”कुरा खोल्न अलि गार्हो मानिन् पुजाले ।
दिपाको सहकर्मी थिईन् पुजा । दुबै अति मिल्थे। दुबै एकै स्कुलमा पढाउथें । हुन त दिपाले पढाउन थालेको धेरै भएतापनि पुजा भने एक बर्ष अगाडि मात्र पढाउन आएकी थिईन्। तर पनि यि दुई शिक्षिकामा घनिष्ठता थियो । दुबै एकआपसको आन्तरिक कुरा पनि एक आपसमा सेयर गर्थे । सरसल्लाह लिन्थे । उमेरमा दिपा भन्दा पुजा कान्छी नै छिन् । तरपनि खुल्ला दिल भएकी मृदुभाषी पुजाले चाँडै नै दिपालाई आफ्नो प्रिय साथी बनाएकी थिईन् । दिपालाई पनि राम्री चिटिक्क परेकी पुजाको अनुहार साह्रै नै मन पथ्र्याे । उनको कुनैपनि कुरा सहजै स्विकार्थिन् । हित्तचित्त मिलेको थियो पूजासँग दिपाको ।
दुबै सँगसँगै डा. आर.के. शाहको क्लिनिक थापाथली पुगे । स्कुलबाट करिव दश मिनेटको बाटो थियो ।
डा. साहेब विरामी जाँच्न ब्यस्त थिए । पूजाले आफ्नो नाम लेखाईन् । दिउसो भएकोले खासै भिड थिएन । तीन चारजना पछि पूजाको पालो थियो । नाम लेखाईसकेपछि पूजा दिपासँगै पर्खेर बसिन् । दिपालाई भने कौतुहल लागिरहेको थियो । त्यसैले बिस्तारै भनिन् । “हैन ! के को लागि आउनुभा भन्नुस्न ।’ उत्सुकता देखाईन् ।
“अझै पनि थाहा पाउनु भएन तपाँईले ?” मुसुक्क हाँसिन् । दिपाको अनुहारतिर हेरिन् । “हेर्नु न । मेरो महिनावारी रोकिएको तीन महिना भई सक्यो क्या ।.”
दिपाको कानैमा मुख लग्दै खुस्स भनिन् ।
“ए …… ! धत् ! म पनि कस्ती लाटी ! शँका त लाग्या थियो, अघि क्लिनिकभित्र आउँदाखेरी नै । यति भन्न पनि लाज मान्नु पर्छ त ?” हाँस्दै भन्छिन् दिपा ।
“तर ….. दिपा मिस, म याहाँ किन आएकी तपाईले थाहा पाउनुभएन जस्तो छ । म यहाँ भिडियो एक्सरे गरेर वच्चा छोरो हो की छोरी हो भन्ने जान्नको लागि चेकअप गर्न आएकी । अल्ट्रासाउण्ड गरेपछि थाहा हुन्छ, छोरा हो की छोरी भन्ने कुरा । वुझ्नु भो त ?” दिपालाई बुझाउने प्रयास गर्छिन् ।
“ए त्यसो पो हो ? बल् बुझेँ । …….पूजा मिस । त्यसरी पत्ता लाएपछि के गर्ने त ……दिपा मुसुक्क हाँस्छिन् ।
“छोरो रहेछ भने आनन्दै भै हाल्यो । तर छोरी रहेछ भने त …….।“ वाक्य बिचैमा अड्किन्छ । पुजा दिपाको मुख हेर्छिन् । दिपा उत्सुकतासाथ हेर्दै सोध्छिन् ।
“छोरी रहेछ भने के गर्नु हुन्छ ?” –“ एवोर्सन गर्छु । छोरीलाई जन्म दिएर को दुख बेहोर्छ र ?” पूजा सजिलैसँग उत्तर दिन्छिन । दिपा आश्चर्य मान्दै पूजाको अनुहार केलाउन थाल्छिन् ।
“यत्तिकैमा श्रीमती पूजा थापा” भनेर भित्रबाट नाम वोलाईयो । पूजा विस्ताारै उठछिन । “एकछिन् वस्नुहोस है ।“ दिपालाई भन्दै सरासर भित्र गईन् । दिपा छक्क पर्दै पूजा गएतर्फ हेरिरहन्छिन् । करिव १५ मिनेटपछि प्रशन्न मुद्रामा देखा परिन । परिक्षामा सफल भएझै दिपाको मनमा खुल्दुली बढ्न थाल्यो पूजाको हेराइको भाव पढ्दै सोधिन् । “साँच्ची के रहेछ पूजा मिस कति समय लाग्दोरहेछ ?” पूजा आश्चर्यमिश्रित भाव लिई दिपातर्फ हेरिन् ,अनि मुसुक्क मुस्कुराउँदै भनिन् –“किन तपाई पनि चेक गर्नु हुन्छ ?”
दिपाले स्वीकृतिभावमा मुन्टो हल्लाईन् । पूजा सर्सरती आफ्नो नजर दिपातिर दोडाउँदै भनिन् । “ल ! अगि नै भन्नु पर्दैन त दिपा मिस, तपाई पनि कस्तो मान्छे ? खासै धेरै समय लाग्दैन । हिड्नुहोस म भित्रै पुर्याईदिन्छु । सवै पेसेन्टहरूपनि त सकिसकेका छन् । पूजा चारैतिर सरसर्ती हेर्छिन् । अनी दिपाको हात् समातेर नाम लेखाईभित्र डाक्टरकोमा पुर्याईदिईन् ।
करिब २० मिनेटपछि दिपा बाहिर आईन् । अनुहारभरि निराशाको रेखा स्पष्ट देखिन्थ्यो । अध्याँरो अनुहार पार्दैन आएर पूजासँग सिटमा थचक्क बसिन् । सुईयाँ ……. । लामो सुस्केरा तानिन् । निधारमा हात राखेर निहुरिरहिन् ।
“दिपा मिस के भयो ?” पूजाले आत्तिदै सोधिन् । पूजाको अनुहारतिर हेरिन्
दिपाले आँखाभरि आशुँ पार्दै भनिन् ‘छोरी ।” काँधमा टाउको लुकाउदै सुँकसुँकाईन् । “हत्तेरिका ! पीर मान्नु पर्दैन, दिपा मिस । उपाय छँदै छ नि के भो र ? हिड्नुहोस् जाउँ ।” पूजा सान्त्वना दिदै भन्छन् ।
“हैन चिया पाक्या छैन भन्या ?” सासु पुजा कोठाबाटै हकार्छिन् । उनि झसँग झस्कन्छन् । चियाको पानी त भकभक् उम्लिसकेछ । हत्तपत्त पाकेटको दुध काट्दै चियामा खन्याउँछिन् । एककप तात्तातो
चिया सासुलाई पूजा कोठामा टक्र्याउन पुग्छिन् ।
“छोरी स्कुल गई सकी ।” वाथरुमबाट मुख पुछ्दै हिमाँसुले सोध्छ ।
“हजुरको उट्ने वेलामा त छोरीको एक पिरियड् सकिन्छ ।” दिपा लोग्नेलाई व्यङ्ग गर्दै भन्छन् ।
“खै भुजा लेउ । अफिस जान ढिला भैसक्यो ।” यसो घडी हेर्छ ,“अहो …. दश बजिसकेछ । सबैले खाईसके ?” स्वास्नीतर्फ प्रश्नवाचक दृष्टि फ्याँक्छ । दिपा केही नबोली टेबुलमा खाना सजाउन थाल्छे । हिमाँशु टोलाएर स्वास्नीको कृयाकलाप हेरी रहन्छ ।
“तिमी नखाने त ?” आफ्नोमात्र भाग राखेको देखि हिमाँशु आश्चर्य मान्दै सोध्छ ।
“मलाई अहिले खान मनछैन । टाउको दुखिरहेछ । पछि खाउँला,हजुर खाईस्योस ।” लोग्नेलाई आग्रह गर्छिन् ।
“स्कुल जानु पर्दैन तिमीलाई ?” थाल हत्तपत्त आफुतिर तान्दै हिमाँशु भन्छ ।
“आज म जान्न ।” दिपा छोटो उतर दिन्छिन् ।
“किन, के भयो ?” उत्सुकतावस भातको गाँस हातमा रोकी स्वास्नीतर्फ हेर्छ ।
“अलिअलि टाउको दुखेको छ, सन्चो नहोला जस्तो छ, हजुर गईस्योस, ढिला भैसक्यो ।” लोग्नेलाई आग्रह गर्छिन् । हिमाँशु हत्तपत्त खाना खाएर अफि तर्फ हिँडिहाल्छ ।
दिपा किचनको सबैकाम सकाई कोठामा आउँछे । मन वेचैन हुन्छ । मुटुको धड्कन एकतमासले धड्किन्छ । पलङ्मा गएर पल्टन्छे । उत्तानोपरि सिलिङतर्फ हेरी रहन्छे । मनमा अनेको कुरा खेलाउन थाल्छे । ‘मनको वह कसैलाई नकह’ भनेझै के गर्ने के गर्ने उ उकुशमुकुस हुन्छे । मनभित्र ज्वारभाटा फुटीरहेको हुन्छ ।
“साँच्चै, मेरो पनि पुजाको जस्तो छोरो भएको भए कति रमाईलो हुन्थ्यो । आफुलाई छोरो पाउने कस्तो रहर थियो, सबै भत्ताभुङ्ग भयो । उहाँ भने जेठी दिज्युको छोरैछोरा दुईवटा भैसक्यो । आफ्नो भने यो पाला पनि छोरी, कस्तो कर्म रहेछ मेरो ?
उहाँलाई पनि छोराको कम्ता रहर छैन र भन्या ? जहिले नि मलाई त छोरा है छोरा,भनिबक्सन्थ्यो । आखिर पहिलोपल्ट छोरी नै भयो तर पनि उहाँले चित्त वुझाई वक्स्याथियो । “दिपा छोरा छोरी एकै हुन् । हाम्रै सन्तान, हाम्रै प्रेमका फुल चिन्ता नगर ।” कस्तो उल्टै मलाई सम्झाई वक्स्यथियो । तर के गर्नु एक दिन सासुले व्यङ्ग गरिहालिन् । छोरो पाउनलाई तपस्या गर्नुपर्छ, तपस्या । त्यसै पाईन्छ छोरा ।
त्यो दिन कति चित्त दुख्या थ्यो । रातभरि रोई रहेँ । उहाँपनि बाहिर गईस्याबेला पर्यो । हुन त मलाई पनि छोरै मन पर्या त हो नि । के गर्नु आफुले चाहेर मात्र नहुने रहेछ । आ……,जेसुकै होस “एवोर्सन”गर्छु । पुजाले भने जस्तै कहाँबाट छोरी जन्माएर सबैको ईच्छा आकांक्षामा पानी पार्नु । बरु उहाँ मान्ने हो कि हैन । हुन त उहाँलाई पनि त छोराको धोको छ । नमाने पनि रोईकराई भएपनि मनाउँला। मनमनै ढुक्क हँुदै आँखा चिम्लिन्छिन् ।
दिपा मख्ख परिन् । लोग्नेले आफूले भनेको कुरा मानिदिएकोमा मनमनै खूसी भई पुजालाई साथी लिएर सरासर डा.पोखरेलको क्लिनिकमा पुगिन् । डाक्टरलाई सबै कुरा बताईन । डाक्टर मख्ख पर्छ ,पैसा कमाईने भो भनेर ,केशको मोलमोलाई हुन्छ । डाक्टर छ हजारमा काम गर्ने ईच्छा व्यक्त गर्छ्न् । ओहो……! कस्तो महँगो ? मेरो दुई महिनाको तलब नै चट हुने भयो । वा….! डाक्टरको पनि राम्रो कमाई हँुदोरहेछ । हुनपनि किन नहोस ‘गैरकानुनी’ काम गरेपछि । के गर्ने छोरो भैदिएको भए यो सब त गर्नुपर्दैन थियो । छोरीको हत्या गर्न पैसा खोज्न थाल्छिन् । पर्स खोल्छिन चारवटा हजारको दुईवटा पाचँ सयको नोट जम्मा पाँच हजार यतिले त पुग्दैन,के गर्ने अरु पैसा पुजासँग सापटी माग्छिन् । मुसुक्क मुस्कुराउँछिन् । त्यसपछि त अवश्यपनि छोरा होला नि । मनमनै ढुक्क हुन्छिन । छोरालाई पढाउँला अनि डाक्टर बनाउँला,त्यसपछि त पैसा कमाई हाल्छ नि ! यहाँ त जसरी भएपनि पैसामात्र कमाउनुपर्छ । अनि त मान,प्रतिष्ठा,ईज्जत त पैसासँगसँगै आईहाल्छ नि ! पैसा भएपछि सबैले ईज्जतको दृष्टिले हेर्छन् । उहाँपनि ईमान्दर मान्छे होईसिन्छ । पैसा भन्दा ईज्जत ठुलो भनिसिन्छ । आ…..! बेकारको कुरा,हाम्रो जस्तो सोसाईटीमा त पैसा पो ठुलो ,थाहै छैन यी कुरा उहाँलाई । नत्रभने त्यत्रो भ्रष्टाचार गर्ने सांसद मन्त्रीहरुलाई कस्तरी सबैले हजुर,हजुर भनेर ईज्जत गर्छन्। कुरै बुझिसिन्न। छया….!म पनि के सोचिरहेकी यस्तोबेलामा । मुसुक्क हाँस्छिन र डाक्टरको कृयाकलाप हेर्न थाल्छिन्। एकाएक तिनको हृर्दयमा वात्सल्यप्रेम पलाउँछ । बच्चाको मायाले छोप्छ । डाक्टरको अनुहार हेर्न थाल्छिन्। डाक्टरको हसिलो अनुहार एकछिनपछि बिस्तारै परिवर्तन भई विभत्स हुदैँ जान्छ ।उनि डराएर आँखा छोप्छिन् । डाक्टरको आँखा पुर्ववत स्थितिमा आईसकेछ् । डाक्टर उनको नजिकअ ाई बिस्तारै अनुरोध गर्छ “यहाँ पल्टनुहोस”हातले ईसारा गर्दै ठाउँ देखाउँछ । उनी छक्कपर्दै डक्टरको अनुहार नियाल्न थाल्छिन् । डाक्टर यी कुराहरुको वास्ता नगरी आफ्नो काममा तल्लिन हुन्छ । उनि बिस्तारै बेडमा पल्टिन्छिन। एकाएक शरिरमा परिवर्तन भए झै जस्तो लाग्छ । उनी अचम्म मान्छिन । बिस्तारैबिस्तारै उनलाई आफ्नो पेट बढ्न थालेको महशुस हुन्छ । उनी आत्तिदै पेटतिर हात पुर्याउछिन ्। लौ!कस्तो आश्चर्य ⁄ उनको पेटमा एक किसिमको कम्पन हुन थाल्छ । उनि पेट छम्छिन् । बिस्तारै बिस्तारै कम्पन कम हुन थाल्छ । तर पेट दुखन थाल्छ । के भएको होला छक्क पर्छिन ।डाक्टरलाई बोलाउ कि ।अहँ…..! मुखबाट आवाजनै निस्किदैन,पेट भने जोडले दुख्न थाल्छ । उनि अतालिदै पेटलाई जोडले थिच्न थाल्छिन् । अकस्मात “चिहाँ! चिहाँ!!”नवजात शिशुको रोदन चारैतिर गुन्जन्छ । ओ हो ……कस्तो अचम्म! छोरी जन्मिइ । उनी विस्फारित नेत्रले छोरीलाई हेर्छिन्। शरीर हलुका भएको महशुस गर्छिन्। मुटु भरी माया भरिएर आउछ । बिस्तारै हातले सुम्सुम्याउन खोज्छिन। तर के अचम्म ! भर्खरै जन्मिएकी छोरी रुन छोडेर ट्वालट्वाल्ती उनलाई हेर्न थाल्छे । एकाएक नवजात शिशुमा अचम्मको परिचवर्तन हुदैजान्छ । उनि देख्छिन् छोरीको ससाना हातखुट्टाहरु बिस्तारै बिस्तारै ठुल्ठुला हातखुट्टामा परिवर्तित हुदै गईरहेछ। । उनी छक्क पर्छिन् । मुर्तिवत टोलाएर छोरीलाई हेरीरहन्छिन्। रातो जामा लगाएकी,कपाल फिजाएकी,हातमा खडग लिएकी कालीको रुपमा छोरीलाई देख्छिन् । तिनी आतंकित हुन्छिन । “मलाई चिन्नु भो म तपाईकी छोरी। मेरो हत्या गर्न आउनु भएको होईन?”उनीतर्फ नजर फ्याक्दै भन्दै जान्छिन्। उनी डरले थरथर काप्छिन, बोल्न खोज्छिन तर आवाज गलामै अड्किन्छ । ।डाक्टरलाई हेर्छिन्। डाक्टर यी सब कुराबाट अनबिज्ञ भई आफ्नै सुरमा काम गरीरहेको हुन्छ । उनी डाक्टरलाई बोलाउने चेष्टा गर्छिन्। तर…आवाज पटक्कै निस्कँदैन । हातमा खड्ग नचाउदै छोरी डाक्टर तर्फ बढिरहेकी देख्छिन् । चिच्याउन खोज्छिन् तर कति चिच्याए पनि आवाज पट्क्कै निस्कदैन।
रगतै ⁄ रगत!!ओहो….! डाक्टरको त घाँटी छिन्यालिएछ । एकातिर टाउको अर्कोतिर शरीर छट्पटाई रहेछ । तप ! तप !!! खड्गबाट अझै तात्तातो रगत चुहिरहेछ । चारैतिर रगतको फाल्सै फाल्सा ! कस्तो बिभत्स दृष्य !उनी आतंकित भई आँखा च्यातिच्याति यी सबैदृष्य हेरिरहन्छिन् ।
“मम्मी…..! यो आवाजले दिपाको सब सपना चकनाचुर हुन्छ। निन्द्राबाट बिउझिन्छिन् । निधारभरी चिटचिट पसिना आईरहेको हुन्छ । शरीर पसिनाले निथ्रुक्क हुन्छ । उनी विस्फारित नजर चारैतिर फैलाउछिन् । ढोकैमा सानीछोरी प्रतिमा स्कूलको युनिफर्ममा उभिरहेकी हुन्छिन् । कस्तो डरलाग्दो सपना! ओहो! सुईयाँ……! लामो सुस्केरा तान्छिन् । पलङमा सोच्दासोच्दै कुनबेला निदाएछिन् पतै पाईनन् । सपनामा देखेको दृष्यले अझसम्म पनि मुटुको धड्कन तेज भएको छ । उनि टोलाएर भरखरै स्कूलबाट आएको छोरीलाई हेरिहन्छिन् । “के भयो ममी हजुरलाई सन्चो भएन, हो ।” उनको छेउमा दगुरेर चिउँडोमा आफ्नो सानो हातले समाउँदै सोध्छिन् । उनी मोहवस छोरीलाई गालामा म्वाँइको वर्षा गर्छिन् । “मेरो बाबा ! मेरी छोरी ! सुँकसुँकाउन थाल्छिन ।
“के भयो मम्मी, किन रुनुभएको ?” प्रतिमा आमाको आँसु पुछ्दै भन्छिन् । एकछिन टोलाएर हेर्छिन् । अनि फेरी उत्तेजित् हुँदै भन्छिन् । “थाहा छ मम्मी, ड्याडीले भनिस्या, शनिबार सिनेमा हेर्न जाने रे । हजुर, म र अनि ड्याडी । कस्तो रमाईलो हुन्छ, हगी मम्मी ?” । दिपा रुन्चेहाँसो हाँस्दै भन्छिन “ड्याडी खै त छोरी ।”
“म यहाँ छु प्यारी ।” ढोकैमा अडेस लाग्दै भन्छ हिमाँशु ।
दिपा पुलुक्क लोग्नेतिर नजर लगाउँछिन् । हिमाँशु हँसिलो मुद्रामा उनलाई नै हेरिरहेको हुन्छ । उनी लजाउछिन् । प्रतिमा मज्जासँग हाँस्छिन् । हिमाँशु जुत्ता फुकाल्दै भित्र आउँछ । स्वास्नी नजिकै गएर बस्छ । स्वास्नीको अनुहार केलाउन थाल्छ । स्वास्नीको रून्चे अनुहारदेखि दुखित हुन्छ । खुशीपार्ने प्रयास गर्दै भन्छ –“एकचोटी आँखा चिम्ल त प्रिय !”
“किन भनिबक्स्योन ?” उनी छक्क पर्दै भन्छिन् ।
“तिम्रो अनुहारमा हाँसो ल्याउन क्या ?” हिमाँशु श्रीमतीको गालामा हल्कासँग चिमोट्दै भन्छ ।
दिपा आँखा चिम्लिन्छिन् । हिमाँशु कोटको खल्तिबाट सानो बट्टा निकाल्दै खोल्छ । हिराको औठी हातमा लिँदै भन्छ –“ अव तिम्रो हात् लेउ त प्रिय ।”उनी लोग्नेतिर आफ्नो हात तेर्स्याउँछिन् । हिमाँशु तिनको दाहिने हातको साईँलीऔलामा उक्त हिराकोऔठी लगाईदिँदै भन्छ–“ल अब आँखा खोल त प्रिय ।’
हिमाँशु स्वास्नीको भाव बुझ्न खोज्छ । दिपा विस्तारै आँखा खोल्छिन् । सुन्दर हिराको औठी,जुन् केही दिन् अगाडि सुनपसलमा जाँदाखेरी उनले मन्पराएकी थिईन् । तर त्यो वेला हिमाँशुले महङ्गो छ, पैसा छैन अहिले भनेर आफ्नो विवशता तेस्र्याएको थियो । लोग्नेको आफुप्रतिको गहिरोप्रेम्देखी उनि भावविह्रल हुन्छिन् । आँखामा लोग्नेको असिम् माया जागेर आउँछ । एकनासले लोग्नेको मुहारहेर्दै मुसुक्क मुसकुराउँदै भन्छिन् ।
“आहा कस्तो राम्रो ! हजुर मलाई कति माया गरिसिन्छ । हजुरलाई एउटा कुरा सोधौ ?” हिमाँशु स्वास्नीको उज्यालो मुहारदेखि मख्ख पर्दै भन्छ –“ भन न, मेरी प्रिय ! एउटा त के दशवटा सोध्ने भएपनि सोध !” स्वास्नीको चिउँडो समाती आँखामा आँखा जुधाउँछ ।
दिपा सँकोच मान्दै भन्छिन् –“यसपाली पनि मेरो छोरी नै भयो भने के गर्ने ?” हजुरले चाहे जस्तो छोरो नभएर !” लोग्नेको प्रतिक्रिया जान्न खोज्छिन् ।
हिमाँशु स्वास्नीको अनुहार हेरी मुसुक्क मुस्कुराउँदै भन्छ –“जे भए पनि ठिकै छ । छोराछोरी एउटै हो, गर्नेले छोरीले धेरै कुरा गर्न सक्छिन् । नगर्नेले छोरो भएपनि केही गर्दैन । हामीजस्तो पढेलेखेको मान्छेले यस्तो भेदभाव राख्नहुँदैन बुझ्यौ ?” स्वास्नीलाई अझ सम्झाउँदै भन्छ । “तिनीहरुलाई राम्रो शिक्षादिक्षा दिनुपर्छ । राम्रोबाटो देखाइदिनुपर्छ । त्यो हाम्रो कर्तव्य हो । तिमीले यस्तो कुरा गर्न सुहाउँछ र दिपा ?” उल्टो उनलाई प्रश्न गर्छ । उनी चकित हुँदै भन्छिन् । “तर आमालाई त ….”
दिपाको कुरा विचैमा काट्दै हिमाँशु भन्छ, “आमा पुरानो विचारधाराको होईसिन्छ । बुझिसिन्न, तर हामी त एजुकेटेड हौ । एकछिन् बोल्न रोक्दै दिपाको अनुहार नियाल्दै भन्छ –“ थाहा भयो, तिमीलाई के चिन्ता परेको रहेछ भनेर ! हिजोदेखि तिम्रो अनुहारको रँग फुङ्ग उडेको छ । छाडीदेउ यि छोराछोरीको भेदभाव । आजकलको जमानामा छोरोनै चाँहिन्छ भन्ने होईन । छोरीले नि सब गर्नसक्छे । बस, वातावरण अनुकुल बनाईदिनुपर्छ । बाबुको नाम राख्नसक्छे, कुलको ईज्जत राख्नसक्छे, अझ भनुँभने देशको नाम राख्नसक्छे । पारिजात, पासाङल्हामु शेर्पालाई बिर्सेउ कि क्या हो ? अझ पासाङल्हामु त विश्वको सर्वोच्च शिखर सगरमाथा चढेर विश्वसामु नेपाली नारीको साहस र विरताको प्रदर्शन गरेर नेपाली आमाको शिर ठाडो पारिन् ।
“आऊ छोरी ।” नजिकै उसको कुरालाई ध्यानदिएर सुनी राखेकी छोरी प्रतिमालाई अँगाल्दै म्वाँई खान्छ हिमाँशु ।
दिपा आश्चर्यचकित भावले लोग्नेलाई हेर्छिन् । लोग्नेको विचारधारामा प्रभावित् हुन्छिन् । ओहो …….. ! अझैसम्म मैले उहाँलाई चिन्न सक्या रहेनछु । म कती भाग्यमानी रहेछु । गर्वले शिर ठाडो पार्छिन् । मनलाग्छ लोग्नेको गालामा चुम्वन् गरूँ ! ओठमा गरूँ, निधारमा गरूँ । तर छोरीसँगै भएर असजिलो मान्छिन् । तर पनि लोग्नेको हात समाउँछिन् । र विस्तारै आफ्नो गालामा लग्छिन् । आँखा चिम्लिन्छिन् । लोग्नेको हातको स्पर्शले असिम आनन्दको अनुभूति गर्छिन् ।
“अब त भन, तिम्रो मनको कुरा । पक्कै केही कुरा लुकाएकी छौ ।” हिमाँशु कुरा खोतल्ने प्रयास गर्छ ।
दिपा हिमाँशुको आवाजले झसँग हुँदै आँखा खोल्छिन् । अनुहारमा प्रसन्नताको लहर दौडिरहेको हुन्छ । हत्पताउदै उठेर जान खोज्छिन् । हिमाँसु तिनको नाडी ट्याप्पै समाउँदै भन्छ, (“तिमीलाई देखेर मलाई पुरानो गानाको याद आयो । सुनाउ है ?” ठट्टा गर्दै गाउन थाल्छ “सागर हो …… स्वास्नीमान्छे, गानाको एक लाईन नसकिँदै दिपा लजाउदै हात् फुत्काएर दगुर्दै भान्सातिर लाग्छिन् । हिमाँशु यो देखेर “हा..हा..हा……. गरेर खित्का छोडेर हाँस्छ । प्रतिमा पनि थप्पड बजाएर हाँस्दै बुबालाई साथ दिन्छिन् ।
दिपा भान्सामा आउछिन् । हत्तपत्त ग्याँसचुलो बालेर चिया बसाल्छिन् ।
उनलाई लाग्छ छातीबाट गह्रुङगो ढुङ्गो पन्छिएझै । शरीरमा फुर्ती आउँछ, । मन् हलुका भै चङगाझै उड्न थाल्छ । मन्मनै अठोट गर्छिन् – त्यस्तो गलत कार्य कदापि गर्दिन । मलाई मेरो सन्तान जे भएपनि हुन्छ । छोरो छोरी भनेर भेदभाव राख्नुहुँदैन । धत् ! के सोचेकी थिएँ, त्यस्तो कुरा !” मन्मनै पश्चाताप गर्छिन् । “के मेरो अवैध सन्तान हो र भन्या फाल्नलाई । यो त मेरो मुटुको टुक्रा हो यस्तो निचकार्य त कसैले पनि गर्नुहुँदैन । के छोरी हुँदैमा लोग्नेका लागि, सासूससुराका लागि, समाजको लागि छोरो पाउँनुपर्छ भनेर ‘एवोर्सन’ गर्नहुन्छ र ? यो त हामी स्वास्नी मानिसहरुले नै सोच्ने कुरा हो । के छोरी पनि हाम्रै मुटुकोटुक्रा होईन र ? हामी आँफै छोरीका अधिकारको कुरा गर्छौ, फेरी यस्तो निच काम् गर्नपनि आँफै तम्सन्छौँ । सबै आमाहरुले यस्तो कामको बिरोध गर्नुपर्छ । यस्तो पाप कर्म त लोग्नेको खुशीको लागि पनि गर्नु हुँदैन । छोरीको अधिकारको लागी झन् लड्नुपर्ने ठाउँमा झन् छोरीको हत्या गर्न हामी आँफै तम्सन्छौ । त्यस्तो हत्या नै हो त नि !
विचरी …….! मेरी छोरी ।” उनको मुटुभरी गर्वमा भएको छोरीप्रति वात्सल्यप्रेम् छचल्किन्छ, आँखाभरि ममता जाग्छ । विस्तारै दुबैहात पेटतिर पुर्याउँदै हातले सुम्सुम्याउँदै भन्छिन् –“मेरी प्यारी छोरी !”