काठमाडौ । अब नेपालमा कुनेपनि किसिमको हिंसा सम्भव छैन् ।प्रचण्डको बंगलादेश र श्रीलँकाको जस्तो हुने धम्कीबाट आफु नडराउने पनि उनले बताए । आफु सधें कानूनी राज्यको पक्षमा रहेको भन्दै अहिलेको सरकारले आफनो स्वार्थलाई केन्द्रमा राखेर काम नगर्ने पनि बताए । २०५८ साल भदौ २५ गते कान्तिपूरमा द्धन्दको समाधान र शान्तिको सन्दर्भमा आफुले लेख लेखेको र मूलुक अहिले सोही बाटोमा गएको स्मरण गरे ।
प्रधानमन्त्री ओलीले संसदमा केही दिन अघि नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्डले बोलेको अभिव्यक्ति प्रति लक्षित गर्दै “म किन डराउँने मैले १७ हजार मान्छे मारेको छैन् । कहिल्यै पनि अब हिजोको जस्तो हिंसा हुन दिइने छैन् । आफुले जानीजानी झुठ बोलेको छैन् । जानी जानी कसैको अहित गरेको छैन् । र गर्दिन । देखिने परिवर्तन हुनेगरी काम थालनी हुनेपनि उनले बताए ।”
शान्ति स्थापना र राजनीतिक स्थिरताको लागि क्याप्टेन रामेश्वर थापाको भुमिकाको चर्चा गर्दै उनले वर्तमान गठबन्धन पनि उनकै निबासमा हस्ताक्षर गरेर भएको जानकारी दिए । प्रधानमन्त्री ओलीले इतिहासको एक कालखण्डको पुस्तकले पुर्नसंस्मरण गराएको पनि बताए । उनले कृतिका लागि क्याप्टेन थापालाई बधाई दिंदै अझै लेख्नपनि सुझाए । हिजो द्धन्दकालमा सेनाभन्दा माथि उठेर सुरक्षाकर्मीलाई साथ दिने कार्यको पनि खुलेर प्रशंसा गरे ।
‘६ दशकदेखि यही देश बनाउने अभियानमा लागेको मान्छे हुँ र म फेरि भनिरहेको छु अरूको सम्पत्तिमा लोभ गरेको छैन, गर्दिनँ’, ओलीले स्पष्ट पारे, ‘आफ्नो हक अधिकार नलाग्ने, आफ्नो कमाई बाहेकको, कानुनसम्मत, न्यायसम्मत, न्यायचित ढंगले पसिनाबाट आर्जन गरेको बाहेकको सम्पत्तिमा लोभ गरेको छैन, गर्दिन पनि। भ्रष्टाचार गरेको छैन। गर्दिनँ अनि गर्न पनि दिन्नँ।’ उनले दृढता ब्यक्त गरे ।
आफ्नो कार्यकाल सकिनुभन्दा अगाडि नै सत्ता हस्तान्तरण गर्ने पनि उनले बताए । कुनैपनि मानेमा अराजकता हुन दिइने छैन् भन्ने कुरामा उनको जोड दिए । “क्याप्टेनको किताबमा त मुख्य मुख्य घटनामात्र मात्रै वर्णन गरिएको छ। घटनको अन्तर्यमा पस्ने वितिकै कतिलाई मन नपर्ने हुन्छ। एकबारको जिन्दगी, त्यत्रो हेलिकोप्टर, बल्दाबल्दैको अवस्थामा बाँचेर आउनुभएको छ। फागुको जिन्दगी डराउनुपुर्ने आवश्यकता नै छैन। सत्यको अवलम्बन गर्नुस्, अगाडि बढनुस्। म पनि हेलिकोप्टर दुर्घटनामा परेको हुँ। ५ हजार फिटबाट झरेको हुँ। फेरि पनि बाँचियो। फागुकै जिन्दगी हो। त्यसैले मलाई पनि कुनै डरभर छैन।”
मुलुकको वर्तमान अर्थतन्त्रप्रति उनले चिन्ता ब्यक्त गर्दै “अहिले देशको अर्थतन्त्र एकदमै अप्ठ्यारोमा छ। गत वर्ष २४ प्रतिशतले राजस्व घटेको रहेको छ। त्यो साह्रै खतरनाक कुरा हो। एक चौथाइ राजस्व घट्छ भने हामी कता जाँदैछौं भन्ने प्रश्न उठछ। तर, यस स्थितिलाई अन्त्य गरिनेछ। तथ्य, आँकडा र उपलब्धिमा देखिनेगरी परिवर्तन ल्याउँछौं। यसटक ५२ प्रतिशत विद्यार्थी एसईईमा फेल भएका छन्। आगामी वर्ष ७० प्रतिशत पास हुने बनाउँछौं। त्यसका लागि दक्ष शिक्षकहरूबाट मुख्य विषयमा अनलाइन कक्षा सञ्चालन गरिनेछ। परिवर्तन ल्याउने बाटो खोजिरहेका छौं। गरिबीको दुस्चक्रमा नेपाललाई पर्न दिन्नँ। यसबाट अगाडि बढाइन्छ बढाइन्छ। २० प्रतिशतभन्दा बढी गरिबीको रेखामुनि छन्।” भने ।
काठमाडौमा क्याप्टेन रामेश्वर थापाको यात्रा संस्मरण इन टु द फायर सार्वजनिक कार्यक्रममा उनले शनिबार उक्त ब्यक्त कुरा गरेका हुन् ।