काठमाडौँ।नेपाल चलचित्र कलाकार संघको २१औं चुनावी साधारणसभा नजिकिँदै जाँदा कलाकार वृत्तमा चुनावी माहोल तातेको छ ।
यही जेठ ३ गते हुने निर्वाचनमार्फत संघले १७ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने भएको छ ।
संघको अध्यक्ष पदका लागि अग्रज कलाकार उत्तम केसी र वर्तमान महासचिव सविन श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै उम्मेदवार आ-आफ्नो प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन् ।
उत्तम केसी नेतृत्वको प्यानलबाट उपाध्यक्षमा शिवहरि नेपाल बैरागी र पूजना प्रधान, महासचिवमा सुनिल कटुवाल, सचिवमा गोपाल ढकाल, कोषाध्यक्षमा तेजकुमारी खतिवडा तथा सह–कोषाध्यक्षमा गीता नेपाल शारदा उम्मेदवार रहेका छ ।
यसै प्यानलबाट सदस्य पदमा कोसिस क्षेत्री, नम्रता योगी, श्रीदेव भट्टराई, मञ्जुदेवी तुलाधर (बिजुली), प्रेम पाण्डे (पुण्यप्रसाद), दमन रूपाखेती, जीवन थापा, सामना सिटौला, लक्ष्मण चौलागाईं (खिम्ते काका), अनुमती नेपाली, दावा फिन्जो तामाङ, अशोक धिताल, हरिशचन्द्र फुयाँल, इन्द्र दोङ (खम्बे), चन्द्रकला दाहाल (मोनिका), चन्द्रकला राई (संगम) र गोकुल सुवेदी चुनावी प्रतिस्पर्धामा छन् ।