काठमाडौं । नेपाल प्रहरीले एकै दिन ठूलो संख्यामा प्रहरी नायब उपरीक्षक तथा प्रहरी उपरीक्षकहरूको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले शुक्रबार सूचना प्रकाशित गर्दै १४९ डीएसपी र ४६ एसपीको सरुवा भएको जनाएको हो ।”प्रहरी महानिरीक्षकको मिति २०८३/ ०२/ १ गतेको निर्णयानुसार मिति २०८३ जेठ महिनादेखि तलब भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा काज गरिएको हुँदा अभिलेखमा आवश्यक ब्यहोरा जनाई दिनुहुन अनुरोध छ,”
प्रहरी प्रधान कार्यालयले राष्ट्रिय किताबखाना (प्रहरीलाई) गरेको पत्राचारमा उल्लेख छ ।