
काठमाडौँ। साहित्यकार तथा साहित्यिक पत्रकार डा.नवराज रिजालद्वारा लिखित व्यक्तिवृत्तकृति ‘नेपाली साहित्यका पच्चीस सर्जक’को सडक लोकार्पण सम्पन्न भएको छ ।
शुक्रबार काठमाडौंको बागबजारमा उपस्थित साहित्यकार तथा लेखकले कृतिको ‘सडक विमोचन’ गरे ।
कार्यक्रममा कृतिकार डा= रिजालले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वले पुर्याएको योगदानलाई लिपिबद्ध गर्दै आउने पुस्ताका निम्ति कृतिमार्फत दस्ताबेजीकरण गरिएको बताए ।
नियात्राकार राजाराम बर्तौलाले सर्जक रिजालले महत्त्वका साथ व्यक्तिवृत्त कृति तयार पारेको उल्लेख गरे ।
त्यस अवसरमा बद्रीप्रसाद ढकाल, शरद प्रधान, शन्तराम बिडारीलगायत साहित्यकारले आफ्नो धारणा राखे ।
कृतिलाई तन्नेरी पत्रिकाले प्रकाशन गरेको हो ।



