काठमाडौँ । नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबलको सेमिफाइनलबाट बाहिरिएको छ ।
बुधबार भएको सेमिफाइनलमा बंगलादेशसँग १-० ले पराजित हुँदै नेपाल फेरिपनि स्तब्ध बन्यो ।सेमिफाइनलमा बंगलादेशको जितमा १०औं मिनेटमा एमडी मानिकले गरेको गोल निर्णायक बन्यो ।
गत संस्करणको सेमिफाइनलमा पनि नेपाल बंगलादेशसँग पराजित भएको थियो ।
बंगलादेशले अब उपाधिका लागि भारत र भुटानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।