
एमाले महाधिवेशनः सकियो मतदान, केही बेरमा गणना सुरू हुँदै
काठमाडौं। नेकपा (एमाले)को ११ औं महाधिवेशनमा नयाँ नेतृत्वको लागि भएको मतदान अहिले विहान सकिएको छ ।
बुधबार बिहान ९ बजेदेखि सुरू भएको मतदान बिहीबार बिहान सवा ७ बजे सम्पन्न भएको हो।
महाधिवेशनका लागि २२६३ प्रतिनिधि चयन भएकामा २२२७ जनाले मतदान गरेका छन्।
३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान सकिएपछि उपकरणहरू सिल गर्न लागिएको छ।
अब केही बेरमा मतगणना सुरू हुनेछ।
विद्युतीय मतदान भएकाले नतिजा आउने अधिकतम दुई घन्टा लाग्ने आयोजकले बताएका छन् ।


