काठमाडौं। हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेका कारण वर्षाको सम्भावना भने छैन ।
तराईका केही स्थानमा आज हुस्सु र कुहिरो लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो तराई भूभागका धेरै स्थानमा हुस्सु र कुहिरो रहनेछ । कोसी प्रदेशको पहाडी र हिमाली भूभागमा तथा गण्डकी प्रदेशको हिमाली भूभागमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेनेछ ।
विभागले राति तराई भूभागका थोरै स्थानमा हुस्सु लाग्ने बताएको छ ।
यसैगरी गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बादल लाग्नेछ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ।
