काठमाडौं। नेकपा एमालेका नेता गोकुल बास्कोटाले सर्वोच्च अदालतले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएको भन्दै व्यंग्य गरेका छन् ।
एमाले संस्थापनविरुद्ध फरक मत राख्दै आएका बास्कोटाले फेसबुकमार्फत यस्तो व्यंग्य गरेका हुन् ।
‘सर्वोच्चले संसद् पुनर्स्थापनाको आशामा हिउँ वर्षाएछ,’ बास्कोटाले लेखेका छन्,- ‘अब अन्टसन्ट नसोची जनमत बटुल्न बाटो तताए हुन्छ ।’
गठबन्धन भन्दा जनताको मनबन्धन बलियो हुने भन्दै उनले अगाडि लेखेका छन्- ‘गठबन्धन नेताको, मनबन्धन जनताको हुन्छ । गठबन्धनले जनताको मनबन्धन भत्काउन कठिन हुन्छ । अन्तिममा म्याच फिक्सिङको मौका भने छँदैछ।’