काठमाडौं।राष्ट्रियसभाको निर्वाचन आइतबार बिहान ९ देखि दिउँसो ३ बजेसम्म सातै प्रदेशमा हुँदैछ।
फागुन २० गतेदेखि रिक्त हुन् १८ पदमध्ये १७ पदमा निर्वाचन हुँदैछ।
कोशी प्रदेशबाट नेपाली कांग्रेसका सुनीलकुमार थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
आज हुने निर्वाचनका लागि ४४ जनाले उम्मेदवारी दर्ता गराएका थिए।
राष्ट्रिय सभाको सदस्यको पदावधि ६ वर्षको हुन्छ। प्रत्येक दुई वर्षमा एक तिहाइ पदका लागि निर्वाचन हुने संवैधानिक प्रावधान छ।
५९ सदस्यीय सभामा आउँदो फागुन २० गते १९ जनाको पद रिक्त हुँदैछ।
जसमध्ये १ जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुनेछन्। बाँकी १८ चुनावमार्फत् छानिने हो।
राष्ट्रिय सभा सदस्य चयनका लागि प्रदेश सभाका सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मत खसाल्ने व्यवस्था छ। प्रदेश सभा सदस्यको मतभार ५३ कायम गरिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतको भार १९ छ।
