
काठमाडौं।नेकपा (एमाले)मा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति कमिटी बनाइएको हो ।
उपमहासचिव लेखराज भट्टका अनुसार मंगलबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा परिचालन कमिटी गठन गरिएको हो ।
कमिटी सचिवमा नेता विष्णु रिमाल छन् । नेताहरू छविलाल विश्वकर्मा, राजन भट्टराई, हिक्मत कार्की, रमेश बडाल, मीनबहादुर शाही र डा. भीष्म अधिकारी सदस्य रहेका उनले जानकारी दिए ।

