
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
मंगलबार सातौं सामाजिक सुरक्षा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्रीओलीले मेरो सहारा कोही छैन भन्नेका निम्ति राज्य र सरकार रहेको बताएका हुन्।
‘सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन, व्यवस्थित ढंगले सञ्चालन गर्न र त्यसलाई पूर्णता दिन प्रतिबद्ध छ। अब कसैले अनाथ भएँ भन्नु पर्दैन। अनाथ हुनु दुःखको कुरा हो। तर, अब अनाथभएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थितिहुने छैन। मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन। मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन। त्यसका निम्ति राज्य छ र सरकार छ।अहिलेको सरकार जनताको सरकार हो। सामाजिक न्याय र समानता सहित समृद्धिको यात्रामा हिंडेको सरकार हो’प्रधानमन्त्री ओलीको शुभकामना सन्देशमा भनिएको छ ।
उनले सरकार सुशासन र विकासको अभियानमा लम्किरहेको बताए। ‘सुशासन र विकासको अभियानमा लम्किरहेको सरकार भएको भन्दै देश र जनता प्रतिनिष्ठा र प्रतिबद्ध रहेको बताए ।
उनले सामाजिक सुरक्षा एउटा उन्नतअवधारणा र अभ्यास भएको दाबी गरे। शुभकामना सन्देशमाभनिएको छ,‘हामीले विधिवत् रुपमा सामाजिक सुरक्षाअभियानलाई भिन्नै र उन्नतस्तर बाट सुरु गरेका थियौं। सामाजिक सुरक्षाएउटाउन्नतअवधारणा र अभ्यास हो।त्यसैले यसभित्र हाम्राअभिभाराहरु हामीले उपयुक्तढंगले बुझ्न जरुरी छ। सामाजिक सुरक्षा मानव जातिको भविष्यको सुरक्षा र सुरक्षाको सुनिश्चितताको हो। मानवजाति सचेत प्राणीभएको हुनाले आफ्नो सुरक्षाकालागि सदैव चिन्तित रह्यो। तर, उपायहरु पत्ता लगाउन, तरिकाहरु पत्तालगाउन र अवलम्बन गर्न लामो समयसम्म त्यति सफल रहेन। । पछि हाम्रो देशमा कर्मचारीहरुको सञ्चयकोष, पेन्सनजस्ता कुराहरुबाट सुरक्षाको अवधारणाले केही मात्रामा आकार लिन थाल्यो।’




