
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सोमबार बृहत राजनीतिक समायोजन घोषणा सभा गर्दैछ ।
नागरिक उन्मुक्ति पार्टीका पूर्वनेतृत्वहरू, थरुहट र थारुवान अभियान्ताहरू र रास्वपाबीच पार्टी समायोजन तय भएको हो ।
घोषणा सभा दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने बताइएको छ ।



