
भक्तपूर ।नेकपा एमालेको ११ औं महाधिवेशन शनिबार सल्लाघारीमा उद्घाटन सम्पन्न गरी सुरु भएको छ ।
गत भदौको जेनजी आन्दोलनपछि मुलधारका राजनीतिक दलमध्ये महाधिवेशन गर्ने पार्टी एमाले बनेको छ ।
भव्य उपस्थिति,सभ्य कार्यक्रमले एमालेको पक्षमा जनधार अझैपनि कमजोर नभएको सन्देश दिन एमाले सफल देखिएको छ ।यतिमात्र नभएर राजनीतिक पार्टीहरुकै पक्षमा अहिले पनि अधिकाँस जनता रहेको देखिएको छ ।
उद्घाटनमा दुई लाख कार्यकर्ता उतार्ने प्रचार प्रसार गरेर महाधिवेशनको तयारी गरेको एमालेको उक्त कार्यक्रममा करिव एकलाखको उपस्थिति रहेको उद्घाटनमा उपस्थित व्यक्तिहरुले नै अनुमान गरेका छन् । जे भएपनि यतिबेलाको नेकपा एमालेको निम्ति यो संख्या सानो आँक्न मिल्दैन ।
सत्ताबाट हटी आलोचनाको शिकार बनेको एमालेकोे यो सभ्य,भव्य कार्यक्रम अरु दलको निम्ति पनि अनुकरणीय कुरा हो ।
महाधिवेशनले नेता,कार्यकर्ता,दलका शुभचिन्तक सबैमा उल्लास र उत्साहको सञ्चार गराएको छ ।
अब एमाले सामु चुनौति छ,जेनजी आन्दोलनमा उठेको जेनजी पुस्तालाई नेतृत्वमा कसरी लैजाने । देशमा लोकतन्त्रको पुनसर््थापना गर्नु पर्ने जिम्मेवारी पनि मुलधारकै राजनीतिको हो ।
महाधिवेशनले अर्को सन्देश दिएको छ एमाले जेनजी विरोधी राजनीतिक दल होइन । ओलीले जेनजी आन्दोलनमा मारिएकाहरुप्रति श्रद्धान्जली व्यक्त गरे । संसदको पुनस्थापनाको मुद्धा पनि ओलीले पुन उठाएपनि चुनावबाट भने नभाग्ने सन्देश दिए ।