
काठमाडौं।मलेसियाविरूद्धको चौथो टी-२० खेलमा नेपाली महिला राष्ट्रिय क्रिकेट टोली ६ विकेटले विजयी भएको छ।
मंगलबार क्वालालम्पुरमा भएको खेलमा नेपालले जित निकालेसँगै सिरिज २-२ को अवस्थामा पुगेको छ। यसअघि पहिलो र तेस्रो खेल मलेसियाले जित्दा दोस्रो खेलमा नेपाल विजयी भएको थियो।
अब भोलि हुने पाँचौ खेल सिरिजको निर्णायक खेल हुनेछ। यो खेल जित्नेले सिरिज जित्नेछ।
४८ रन जोडेसँगै इन्दू नेपालका लागि महिला टी-२० अन्तर्राष्ट्रिय खेलमा एक हजार रन पूरा गर्ने पहिलो ब्याटरको इतिहास रचिन ।
मंगलबार पहिले ब्याटिङ गरेको मलेसियाले ५ विकेटको क्षतिमा १११ रन बनायो। उसका लागि मास एलिसाले नटआउट ५६ रन बनाइन्। उनले ६३ बलमा ५ चौका प्रहार गरे।
बलिङमा नेपालका कविता कुँवरले ३ विकेट लिइन्। उनले ४ ओभरमा १० रन मात्र दिइन्।
११२ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो।
नेपालको जितमा कप्तान इन्दू बर्माले नटआउट ४८ रन र रुबिना क्षेत्रीले नटआउट २३ रन बनाए।

