
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बिहीबार पनि बस्दैछ।
कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेले बताए अनुसार बैठक दिउँसो १ बजे सुरू हुने छ ।
यस अघि हिजो बसेको बैठकमा ११ वटा एजेन्डा छलफलका लागि पेस भएको छ।भदौ महिनामा संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव रहेको छ भने महासमितिले दिएका सुझावहरुको अनुमोदन पनि रहेको छ । भदौ १५ देखि मंसिर २५ गतेसम्म संगठन सुदृढीकरण अभियान चलाउने प्रस्ताव पनि केन्द्रीय समितिमा पेस भएको छ।
यसैगरी भ्रातृ संस्थाहरूको अधिवेशनबारे समय दिएको र निर्देशक समिति बनाउने निर्णय यसअघि नै भएको विषयमा पनि छलफल हुने बताइएको छ।
पार्टीका वडादेखि माथिल्लो तहसम्म रिक्त पदहरूमा कसरी पूर्ति गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल हुने छ भने क्रियाशील सदस्यता वितरण र नवीकरणका विषय पनि छलफलको एजेन्डा पनि रहेको छ ।






