
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा भाग लिन आज जनवादी गणतन्त्र चीनको थियानजिन शहरमा पुगेका छन् ।प्रधानमन्त्रीको सचिवालयका अनुसार मित्रराष्ट्र चीनका राष्ट्रपति सी जीनपीङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली स्थानीय समय अनुसार दिउँसो ३: १५ बजे हिमालय एयरलाइन्सनको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका हुन् । उनलाई चीन सरकारका उच्चाधिकारी र चीनका लागि नेपालका राजदूत डा कृष्णप्रसाद ओली, नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए । 
प्रधानमन्त्री ओलीले चिनीया राष्ट्रपति सी जीनपीङसँग आजै भेटवार्ता गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । एभरेष्ट न्यूज एजेन्सी,
