काठमाडौं।दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ।
सोमबार नेपाली समयअनुसार साँझ ६.३० मा नेपाल र बंगलादेश उपाधिका लागि भिड्दै छन्।
खेलमा नेपालका लागि विजेता हुन जितको खाँचो छ। बंगलादेशलाई भने बराबरीले पनि पर्याप्त हुनेछ।
बंगलादेशविरूद्ध नेपाल ३-२ गोलले पराजित भएको थियो। नेपालले पाँचमध्ये चार खेलमा जित निकाल्दा बंगलादेश भने पाँचै खेलमा विजयी भएको छ।
खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा हुँदैछ ।