
काठमाडौ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले मूलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेको गठबन्धन भएको बताएका छन् ।
खगेन्द्र नवजीवन विशेष शिक्षा माध्यमिक विद्यालयले आज यहाँ आयोजना गरेको ‘छात्रावृत्ति वितरण समारोह’ मा बोल्दै नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन कांग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन् । कांग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उनको भनाइ छ ।
कांग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौँ, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौँ”, उनले भने । डा कोइरालाले अब बन्ने सरकार संविधानको धारा ७६ (२)अनुसार बन्ने बताए ।







