
काठमाडौं।मलेसियामा जारी एसीसी यू १६ इस्टजोन कप क्रिकेट प्रतियोगिताको नेपालले उपाधि चुमेको छ ।
शनिबार भएको फाइनल खेलमा नेपालले सिंगापूरलाई २ विकेटले हराउँदै उपाधि चुमेको हो ।
सिंगापूरले दिएको ११४ रनको लक्ष्य नेपालले २८.५ ओभरमा ८ विकेटको क्षतिमा पुरा गरेको हो । जोया थापाले नेपालका लागि अविजित २४ रन बनाए ।
यसअघि टस जितेर व्याटिंग रोजेको सिंगापूर ४०.५ ओभरमा अलआउट भएको थियो । उसले ११३ रन बनाएर आउट भएको हो ।
सिंगापूरका लागि रोहन अस्टिनले सर्वाधिक २३ रन बनाए भने रिहान नाइकले १५ रन बनाए ।
नेपालका लागि अभय यादव र सुशील बहादुर रावलले ३ ३ विकेट लिए । यसैगरी शुभम खनाल र कप्तान विपिनले समान १ १ विकेट लिए ।
नेपाल प्रतियोगिताभर अपराजित भयो ।
