
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख तीन दलका शीर्ष नेताको बैठक आह्वान गरेका छन् ।
शुक्रबार (असार ६)दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्ने तय छ ।
प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष ओलीले सत्तासाझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई वार्तामा बोलाएका हुन् ।
बैठकको एजेन्डा भने सार्वजनिक गरिएको छैन ।
यसअघि, बिहीबार दिउँसो २ बजे बस्ने गरी शीर्ष तीन नेताको बैठक तय गरिएको थियो । तर बैठक स्थगन गरिएको थियो ।




