काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आज सदनमा प्रस्तुत गर्दै छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । संसद्को दुवै सदनको संयुक्त बैठकमा पौडेलले दिउँसो ३ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची छ ।
संविधानको धारा ९५ मा राष्ट्रपतिले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था छ ।
संविधानअनुसार जेठ १५ गते सरकारको आर्थिक वर्षको बजेट संघीय संसद्को संयुक्त बैठकमा अर्थमन्त्रीले प्रस्तुत गर्नुपर्ने व्यवस्था छ ।


