
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुर क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार प्रशान्त उप्रेती विजयी भएका छन् ।
आइतबार बिहान सार्वजनिक अन्तिम मत परिणाममा ३० हजार ५० मतसहित उप्रेती सांसद निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार महेश बर्तौलाले १८ हजार ८४६ मत पाए । ०७९ सालको निर्वाचनमा बर्तौला यो क्षेत्रबाट निर्वाचित भएका थिए ।
यसपालि तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार बुद्ध लामाले १५ हजार ५६ मत ल्याएका निर्वाचन आयोगले जनाएको छ ।
