काठमाडौ। काठमाडौंमा आज बिहान भारी वर्षा भएको छ ।
बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।
पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ लिलिमिटर वर्षा भएको छ ।
काठमाडौंका नैकाप, सुन्दरीजल, कपन, बबरमहल र आसपास पनि भारी वर्षा भएको छ । पछिल्लो ६ घण्टामा नैकापमा ५४, सुन्दरीजलमा ५२.८, कपनमा ५२.२, बबरमहलमा ५१ मिलिमिटर वर्षा मापन भएको मौसम विज्ञान विभागले जनाएको छ । ।
बागमती, गौरीघाट, विष्णुमती, धोबिखोला लगायतका नदी किनार क्षेत्रमा बस्नेहरुलाई र सो क्षेत्र भएर यात्रा गर्नेहरुलाई आज बिहान ९ बजेसम्मै सतर्कता अपनाउन एसएमएस पठाएर अनुरोध गरेको पनि विभागले जनाएको छ ।
लेखकको बारेमा