काठमाडौं । विश्व सम्पदामा अवस्थित स्वयम्भू धार्मिक वनमा बेलायतका बातावरण मन्त्री ब्यरोनेस हेयमन बाट नेपालका मौलिक बिरुवा रोपि बृक्षारोपण सुरु गर्नु भयो।
बृक्षारोपण कार्यक्रम मा बेलायतका बातावरण मन्त्रि श्री ब्यारोनेस हेयमन को मुख्य आगमनमा उहाँका सल्लाहकार पिप्पा बर्ड जलबायु परिबर्तन र रोकथामका आन्ने पेटर्स , सेक्रेटरी तुनिषा पटेल र जलबायु तथा बातावरणका उगन मानन्धर पनि सहभागी हुनु भई वृक्षारोपण गर्नु भएको जानकारी स्वयम्भू व्यवस्थापन तथा संरक्षण महा समितिका सह कोषाध्यक्ष तथा स्वयम्भू क्षेत्रको वन, बातावरण तथा सम्पदा संरक्षणमा लाग्नु भएका प्रा. डा. केशब श्रेष्ठ ले ईखबर नेट लाई बताउनु भयो ।

उहाँ लाई स्वयम्भू ब्ववस्थापन तथा संरक्षण महासमिति ले स्वागत गर्दै महाचैत्य को पनि दर्शन गराउनु भएको थियो ।

बेलायत का वातावरण मन्त्री बाट स्वयम्भूमा वृक्षारोपण गर्न पाउदा हर्ष लागेको बताउनु भयो ।
बिगत २०२३ साल देखिनै वनको रुपमा विकास गर्दै नेपाली मौलिकता झल्काउन जापानी मियावाकी पद्धति अपनाई बृक्षारोपण गर्दै आएकोमा यस अभियान लाई सफल पार्न स्थानिय सरकार, वडा कार्यालय, डिभिजन वन कार्यालय लगायत अन्य सरकारी तथा गैर सरकारी निकायहरु बाट पनि उत्साहजनक ढङ्गले सहयोग प्राप्त हुदा स्वयम्भू को दक्षिण पक्षिम क्षेत्रमा जिर्ण अवस्थामा रहेको वनमा २००० भन्दा बडी बिरुवाहरु रोपिएका थिए।

स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति बाट विश्व सम्पदा धार्मिक वनको प्राकृतिक स्वरूप कायम राख्न मौलिक नेपाली वनस्पति मात्रै वृक्षारोपण गर्न सबै सरोकार वाला लाई अनुरोध गरे अनुसार यस अभियान लाई मूर्त रुप दिन बिगत सन् २०१० भन्दा अघि देखि रहदै आएको संरक्षण महा समिति कृयाशिल रहदै आएको छ।
हाल वोमेन इन नेचर , दी रेभोलुसन , ज्यान गुडडेल इन्स्तिचुट , स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमिति लगायत बिभिन्न निकायहरुको समन्वयमा कार्य भैरहेको छ ।
साथै सो अवशरमा का म पा वडा १५ का अध्यक्ष श्री इश्वर मान डंगोल, डिभिजन वन कार्यालयका प्रमुख श्री पुष्पराज बर्तौला, पुर्ब प्रमुख वन आधिकारी श्री बद्रि कार्की, वन अधिकृत सरस्वति अर्याल, जेन गुड डेल का प्रमुख सृष्टि सिङ्ग श्रेष्ठ, रिभोलुसनका आयुस देव पन्त , स्वयम्भू व्यवस्थापन तथा संरक्षण महा समिति का पधाधिकारीहरु , लिली ग्रुप, स्थानिय संघ सस्थाहरुको उपस्थिति रहेको थियो ।