
प्रा.डा.रमेशकुमार श्रेष्ठ
नेपालमा बिध्यमान रहेका थुप्रै प्रकारका जलवायुहरु मध्ये बसंत ऋतुको समय बिभिन्न्न तत्वहरुलाई मध्यनजरमा राख्ने हो भने अति उल्लेखनिय काल हो । यो समयमा भर्खरै उराठ लाग्दो लामो जाडो हेमन्त तथा शिशिर यामको अवसान पश्चात वातावरणिय तापमान, दैनिक सौर्य घामको लम्बाई, वनस्पतिहरुमा हराभरापन, जीव जन्तुहरुको चहल पहल आदिमा उल्लेखनिय बृध्दी हँदै जाने गर्दछ । संभवत, यहि कारणहरुले गर्दा यस ऋतुलाई तरुणो एवम यौवन तथा सुन्दरताको प्रतिकको रुपमा लिइएकोमा कुनै अत्युक्ती नहोला । वसन्तको शाव्दिक अर्थ बहार, यौवनावस्था, मनमोहक एवम सौन्दर्यको प्रतिक आदि भएकोले नै यो अति राम्रो समयलाई नै वसन्त ऋतुको नाम दिइएको हो । यो समय शिशिर ऋतु र गृष्म ऋतुको बिचमा आउने अत्यन्तै मनमोहक समय हो । उक्त ऋतु महत्वपुर्ण हुनको लागि धेरै बैज्ञानिक सिद्दान्तहरु रहेका छन । शायद संसारकै सबैभन्दा राम्रा मौसम, जलवायु तथा ऋतुहरु भएका देशहरु तथा क्षेत्रहरु मध्ये नेपाल पनि एक हो । हुन सक्छ संभवत यसो हुनको लागि रुसी जर्मन जलवायु मौसमविद ल्भादिमिर कोप्पनले प्रतिपादन गरेको संसारभरीको लागि कोप्पन जलवायु वर्गीकरण ९प्यभउउबल ऋष्mिबतभ ऋबिककषष्अबतष्यल० अनुसार दिईएको सबै जलवायु मोैसमहरु नेपालको कुनै न कुनै भाग वा क्षेत्रमा विध्यमान छ । यो हामी नेपालीहरुको लागि गौरवको तथ्य पनि हो ।
नेपालको जलवायुः नेपालमा सामान्यत समशीतोष्ण जलवायु भएता पनि यहाँ बिभिन्न कारणले गर्दा सानै क्षेत्रमा पनि नाटकिय रुपमा बिविध प्रकारको जलवायु रहेका छन । साथै, जलवायुका स्थापित थुप्रै कारक तत्वहरुको कारण पनि नेपालमा यसरी बिविध जलवायु रहेको छ । यसो भएता पनि समग्रमा नेपालमा समशीतोष्ण जसमा सुखा शिशिर ऋतु सहित गरम गृष्म वर्षात ऋतु अर्थात कोप्पन जलवायु वर्गीकरण अनुसार समग्रमा हल्का समशीतोष्ण जलवायु मोैसम नै विध्यमान छ ।
नेपालका ६ ऋतुहरुः पश्चिमा विश्वमा प्रचलित चार ऋतुहरु स्प्रिँग (बसन्त), समर (गृष्म), अटम फल (हेमन्त) तथा विन्टर (शिशिर) भएतापनि यसमा हाम्रोमा थप दुईवटा बर्षात र शरद ऋतुहरु पनि रहेको छ । नेपालका परम्परागत ६ वटा ऋतुहरुमा लगभग करिव करिव बसन्त (चैत्र बैसाख), गृष्म (जेठ आषाढ), बर्षात (श्रावण भाद्र), शरद (आश्विन कार्तिक), हेमन्त (मसिँर पौष) तथा शिशिर (माघ फागुन) तथा समय सापेक्ष वैज्ञानिक र सहि नै देखिन्छ । तर, अचेल पश्चिमा विश्वको शिक्षाको कारण धेरै नेपालीहरुमा हाम्रो मौलिक तथ्यहरुको ज्ञान बिस्तारै हराउँदै गएको छ ।
नेपाली ऋतुहरुमा जलवायुको प्रभावः जलवायुका स्थापित थुप्रै कारक तत्वहरु ज्स्तै पृथ्वीमा नेपालको अवस्थिती, तापमान, सापेक्षित आद्रता, सौर्य घामको लम्वाई, हावाको प्रकिृती, महिना तथा दिन रातको लम्बाई ईत्यादिका कारणहरुले नेपाली ऋतुहरुमा पनि प्रभाव पारेको हुन्छ जसको कारणले नेपालको बसंत ऋतुमा पनि बिशेष भुमिका खेलेको देख्न सकिन्छ । तिनीहरु मध्ये निम्न केहि कारणहरुको यहाँ बिवेचना गरिएको छ ।
पृथ्वीमा नेपालको अवस्थितीः नेपाल पृथ्वीको उत्तरी गोलार्धको एशियाई महाव्दिप अन्तर्गत दक्षिण एशियाई उपमहाव्दिपको भिमकाय हिमालय पर्वतमालाको दक्षिणी भागमा रहेको छ । भूमध्य रेखावाट नेपाल कति टाढा र कति अक्षांशमा अवस्थितिमा रहेको छ भन्ने पनि जलवायुको लागि एक प्रमुख कारक तत्व हो । नेपाल लगभग २६.५०० देखि ३१.००० उत्तरी अक्षांश (र ८०.००० देखि ८८.००० पुर्व देशान्तर) मा रहेको छ । यसको अर्थ यो देश कर्कट रेखा २३.५०० उत्तरी अक्षांश देखि माथी नै पर्ने भएको हनाले समग्रमा उपउष्णकटिबंधीय हल्का समशीतोष्ण जलवायु मोैसम रहेको छ । यस अर्थले यहाँ गृष्मकालमा सबैभन्दा बढी गर्मी र शिशिर ऋतुमा सबैभन्दा धेरै चिसो हुने गर्दछ ।
नेपालमा दैनिक सौर्य घामको लम्वाईः नेपाल उत्तरी गोलार्धमा अवस्थित भएको हुनाले यहाँ गृष्ममा नै लामो दिनहरु र शिशिरमा छोटो दिनहरु हुने गर्दछ । यस अर्थले गर्मीका दिनहरुमा अधिकतम १४ घन्टासम्मको दिनहरु र मात्र १० घन्टासम्मको रात हुने गर्दछ । यसै कारणले गृष्ममा बढी गर्मी हुने गर्दछ । यसको ठिक उल्टो शिशिर ऋतुका दिनहरुमा अधिकतम १४ घन्टासम्मको रातहरु र मात्र १० घन्टासम्मको दिनहरु हुने गर्दछ ।
नेपाली धर्ती नजिकको समुद्रवाटको दुरीः कुनै पनि ठाउँको जलवायुमा प्रभाव पार्न नजिकको समुद्र कति टाढा छ भन्ने पनि एउटा प्रमुख कारण हो । नेपाल भुपरीवेष्ठित मुलुक भएतापनि यहाँवाट सबैभन्दा नजिकको समुद्र भनेको बँगालको खाडी हो जुन नेपालवाट लगभग ६४४ किमी जति टाढा छ । यसै दुरीवाट बँगालको खाडीवाट आउने मनसुनी हावाले बिशेष प्रभाव पारी नेपालको मौजुदा जलवायु निर्धारण भएको छ ।
नेपाली जमिनको बिविध उँचाईः यहाँ बिभिन्न जमिनको बिविध उँचाईमा आउने परिवर्तनको कारणले कोप्पन जलवायु वर्गीकरण अनुसार दिईएको सबै मोैसम नेपालको कुनै न कुनै भाग वा क्षेत्रमा विध्यमान छ । धनुषाको मुखियापत्ती मुशर्नियाको समूद्री सतह भन्दा मात्र ५९ मिटरको उँचाई देखि विश्वकै सबैभन्दा अग्लो सगरमाथा हिमाल ८,८४९ मिटरको उँचाई भित्र नेपालको बिविध उँचाईको जमिन रहेकोले गर्दा विश्वमा विध्यमान सबै प्रकारको जलवायु तथा मौसम नेपालमा छ ।
नेपाली जलवायुमा हिमालय पर्वतमालाको भूमिकाः भिमकाय हिमालय पर्वतमालाको वर्तमान अवस्थितीको कारण एशियाई महादेशको सम्पूर्ण जलवायुमा प्रमुख भूमिका रहेको छ । शिशिर ऋतुमा साईवेरीया तथा मध्य एशियावाट बहने अत्यन्त चिसो हावा हिमालय पर्वतमालाले छेकी दिन्छ, जसले नेपाल लगायत अन्य दक्षिण एशियाई मुलुकहरुमा एकदम धेरै चिसो हुन पाउँदैन ।
बसंत ऋतुको समयमा वातावरणमा तापमान तथा दैनिक सौर्य घामको लम्बाइको क्रमिक बृध्दि हँुदै गृष्म ऋतुमा उच्चतम बिन्दुमा पुग्दछ । साथै, सापेक्षित आद्रतामा पनि उल्लेखनिय प्रभाव पर्ने भएकोले मौसममा निकै रौनक हन्छ । बसन्त भन्दा अघिका ऋतुहरुमा बर्षात कम वा नगन्य भएता पनि उपरोक्त जाडो समयमा वायुमण्डलमा रहेको पानी चिसोको कारणले शितमा परिवर्तन हुन्छ, जुन बसंत ऋतुको समयमा रुख विरुवाहरुलाई चाहिने पानी प्रचुर मात्रामा उपलव्ध हन्छ । हेमन्त र शिशिर ऋतुमा वनस्पतिहरुमा चिसोको कारणले झरेका पातहरु बसंत ऋतुमा नयाँ पलाउँछ र प्रकृति हराभरा भएर मनमोहक हन्छ । साथै, थुप्रै जीव जन्तुहरु जाडो समयमा जाडोवाट बच्न लामो निद्रा ९धष्लतभच f (winter hibernation) मा जाने गर्दछ र बसंत ऋतुको समयमा जागा हुने तथा प्रजननको लागि तयार हुने भएकोले प्राणी जगतमा पनि निकै चहल पहल बृध्दी हुदै जाने गर्दछ ।

बसंत ऋतुको समयमा नेपाली धर्म तथा सँस्कृतिमा प्रभावः नेपाल बहु जाती बहु धार्मिक बहु साँस्कृतिक देश भएको हुनाले यहाँको धर्म तथा सँस्कृतिमा पनि बिशेष प्रभाव पारेको हुन्छ । निश्चिय नै बसंत ऋतुको समयमा पनि नेपालमा धार्मिक तथा साँस्कृतिक चाडपर्वहरु पर्दछ । यो मौषममा बिशेष गरीकन माघ शुक्ल पन्चमीका दिन बसंत ऋतुको आगमनको पुर्वाभाष तथा विध्याकी देवी सरश्वतीको प्रिय दिन भएकोले बसंत पन्चमीको नाम सहित भव्य रुपमा मनाईन्छ । त्यसै गरी यहि मौषममा भिमा व्दादशी, आराध्य देव भगवान श्री पशपतिनाथको छाया दर्शन, महाशिवरात्रि, फागु पुर्णिमा, पिशाच चतुर्दशी पाहाँ चःह्रे, घोडे जात्रा, चैते दशैं, श्वेत मच्छेन्द्रनाथ जात्रा, श्री रामनवमी, भक्तपर थिमीमा बिस्का जात्रा तथा बुध्द जयन्ती आदि चाड पर्वहरु पर्दछ । यहि समयमा नेपालमा बिशेष खालको बसंतका संगित तथा धुन रागहरु बजाईने गरिन्छ । बसंतलाई नै लक्षित गरी नेपालका साहित्यिक तथा गायन क्षेत्रहरुमा थुप्रै रचनाहरु भएको पाईन्छ ।
बसंत ऋतुको समयमा नेपालको कृषि, वन्यजन्तु, बनस्पती तथा जलवायुमा निकै असर पुर्याउने साथैे आर्थिक, साँस्कृतिक तथा वातावरणिय आदिमा प्रचुर मात्रामा प्रभाव पार्ने भएकोले हुनाले यस बसंत ऋतुको विषयमा नेपालमा पनि थुप्रै अध्ययन, अनुसन्धान तथा सामान्य जानकारी पनि निकै भएको देखिन्छ ।
लेखकः प्राध्यापक, त्रिभुवन विश्व विध्यालय, प्राणी शास्त्र केन्द्रीय विभाग कीर्तिपुर तथा लुम्विनी बौध्द विश्व विध्यालय तथा पुर्व प्रमुख प्राकृतिक बिज्ञान संग्रहालय । जलवायु मौसमविद ।
. Email: ramestha17@gmail.com Mobile No. 9851244022 / 9841283755


