rain
काठमाडौं।हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव संगै बंगालको खाडीबाट भित्री रहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
यी तीन वायुको प्रभावले बुधबार पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार दिउँसो देशको पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा हुने पूर्वानुमान छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थानहरुमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको रहेको छ। यसैगरी लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा दिउँसो हावाहुरीको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहने पूर्वानुमान छ।
राति कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेश ,बागमती प्रदेश, र गण्डकी प्रदेशको हिमाली भूभागका एक(दुई स्थानमा राति पनि हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।