सिने–डायरी
काठमाडौं । यही जेठ महिनामा बिभिन्न कथामा आधारिता ६ नयाँ चलचित्र प्रदर्शनको तयारीमा छन् । यी मध्य केही प्रदर्शरत् छन् भने केही प्रदर्शनको तयारीमा रहेको छ ।
एक मुठ्ठी बादल : आँचल शर्मा र निशा शर्मा अभिनीत सामाजिक विषयवस्तुमा आधारित चलचित्र हो । चलचित्र प्रदर्शनरत् छ ।
लाइफ ड्यामेज : आधुनिक जीवन र सम्बन्धहरूको संघर्ष, अराजकता, र भावनात्मक उतारचढावहरूको अन्वेषण गरिएको छ । चलचित्र प्रदर्शनरत् छ ।
काजी : विपिन कार्की र केकी अधिकारी अभिनीत मौलिक प्रेमकथामा आधारित चलचित्र यही जेठ ८ गते प्रदर्शनमा आउँदैछ ।
मितज्यू : मित्रता र सामाजिक द्वन्द्वको कथामा बनेको चलचित्र; जसमा दयाहाङ राई, सौगात मल्ल र नृत्याङ्गना तेरिया फौज मगरको अभिनय रहेको छ । चलचित्र जेठ ८ गते प्रदर्शन हुँदैछ ।
रोल नम्बर १ शिक्षा क्षेत्रको विकृति र बाल मनोविज्ञानलाई समेटेको चलचित्रमा मुकुन भुसाल र सुशान्त मैनाली मुख्य भूमिकामा देखिएका छन् । चलचित्र जेठ १५ गते प्रदर्शन हुँदैछ ।