काठमाडौँ । नेप्सेमा आज वृद्धि भएको छ । आज शुक्रबार नेप्से १६.३८ अंकले बढेर २७५८.४९ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३६ कम्पनिका एक करोड ८ लाख ८८ हजार ७३९ कित्ता शेयर ४ अर्ब ४९ करोड ८५ लाख १६ हजार ९४ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी क्रेष्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर १४.८१ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी एनआइएसी एशिया ब्यालेन्स फन्डको शेयर २.५९ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ४३ करोड ९५ लाख बराबर कारोबार भएको छ भने रिढी पावरको २४ करोड ५४ लाख बराबरको कारोबार भएको छ ।