काठमाडौं । नेपाली कांग्रेस संसदीय दल नेता, मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सदनमा विश्वासको मत प्राप्त गरेका छन् ।
उनको विश्वासको पक्षमा ६२ मत र विपक्षमा ३६ मत परेको छ ।
प्रदेश सभामा १०० जना उपस्थित थिए। दुई जना सांसदले भने मत प्रकट गरेनन्। मुख्यमन्त्री यादवले विश्वास मत प्राप्त गरेको सभामुख रामआशिष यादवले घोषणा गरेका थिए।
गत वैशाख २१ गते जनमत पार्टीले समर्थन फिर्ता लिएको थियो। त्यसकारण मुख्यमन्त्रीले उनले विश्वास मत लिएका हुन्।
उनको पक्षमा कांग्रेस, नेकपा एमाले, नेकपाले मत दिएका हुन्।