
काठमाडौं । थापागाउँस्थित मण्डला नाटक घरमा पुस ४ गतेदेखि नाटक ‘हरि हजुरबा’मञ्चनहुने भएको छ ।
अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशन मा नाटकमञ्चन हुन लागेको हो । यसमा नाजिर स्वयं सहित अभिनेता विजय बराल देखिँदैछन् । साथमा रियुल्साङ, सबिनाथापा, रोहितशाह, सुजनापाण्डे, मनिषपाण्डे र रिसु राउतको अभिनय रहनेछ ।
निर्मातामा अभिनेताद्धय दयाहाङ राई र बुद्धितामाङ छन् ।
नाटकले द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइलाई उजागर गर्नेछ । चिठी पु¥याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको मार्मिक कथा नाटकमा प्रस्तुत गरिनेछ ।
नाटकको कथा र लेखन कविताबाट उत्प्रेरित छ, जसलाई कथाको रूप दिनुका साथै नाटकको संरचनामा प्रस्तुत गरिएको छ । यस नाटकलाई द्वन्द्वले दिएको घाउमा मलम लगाउने प्रयासका रूपमासिर्जना गरिएको छ ।
आउँदो बिहीबारदेखि सुरू हुने नाटक पुस २८ गते (आइतबार) सम्म सोमबार बाहेक प्रत्येक दिननाटकमञ्चनहुनेछ । शनिबार भने दिउँसो १ बजे र साँझ ५ः१५ बजे दुईवटाशो हुनेछन् ।
नाटकका सन्देश र प्रस्तुतिले दर्शकलाई गहिरो अनुभूतिदिने ‘हरि हजुरबा’टिमको अपेक्षा छ ।








