भरतपूर । नेपाली कांग्रेस र नेकपा एमाले निकट विद्यार्थी संगठनबीचको लडाइँका कारण चितवनको रामपुरमा रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालय बन्धक बनेको छ ।
नेविसंघ र अनेरास्ववियुका कार्यकर्ताबिच कुटपिट भएपछि भदौ १५ गतेदेखि विश्वविद्यालयमा तालाबन्दी भएको छ ।आफ्ना कार्यकर्तामाथि अनेरास्ववियुका कार्यकर्ताले कुटपिट गरेको भन्दै नेविसँघले विश्वविद्यालयमा तालाबन्दी गरेको हो ।छात्रबासको विषयलाई लिएर नेविसंघ र अनेरास्ववियुका नेता तथा कार्यकर्ताबिच भदौ १३ गते झडप भएको थियो ।