भक्तपूर । राष्ट्रिय परीक्षा बोर्ड,परीक्षा नियन्त्रण कार्यालयले यसवर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई)को नतिजा असारको दोश्रो हप्ता सार्वजनिक गर्ने गरी काम भैरहेको जनाएको छ ।
परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक नन्दलाल जोशीका अनुसार कार्यालयले उत्तरपुस्तिका परिक्षण र अंकभार प्रविष्ट गराउने काम सम्पन्न भएको छ ।
यसवर्ष नतिजा प्रकाशन गर्दा सैद्धान्तिक र प्रयोगात्मकलाई फरक फरक गरेर सार्वजनिक गरिने र सैद्धान्तिक तर्फ ७५ अंकको परीक्षामा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने अन्यथा अनुतिर्ण मानिने ब्यवस्था गरिएको जोशीले जानकारी दिए ।
गत चैत्र २६ देखि सुरु भएको उक्त परीक्षामा नियमित तर्फ चारलाख ६७ हजार र ग्रेड बृद्धितर्फ २१ हजार विद्यार्थी सामेल भएका थिए ।