
काठमाडौं। नेपाल बार एशोसियसनले फैसला अध्ययन समिति गठन गरेको छ ।
बारले वरिष्ठ अधिवक्ता उपेन्द्र केशरी न्यौपानेको संयोजकत्वमा फैसला अध्ययन समिति गठन गरेको हो ।
नेपाल बार एशोसियसन केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार न्यौपानेको संयोजकत्वमा वरिष्ठ अधिवक्ता डा.सुष्मा बास्कोटा बराल,वरिष्ठ अधिवक्ता श्रीकान्त बराल,वरिष्ठ अधिवक्ता सानुभाई शाक्य र अधिवक्ता माधव कुमार बस्नेत रहेका छन् ।

उक्त समितिबाट अध्ययन भई सम्पादन भएका कार्यहरु सहितको प्रतिवेदन बारको वार्षिक साधारण सभा र केन्द्रीय कार्यकारिणी परिषद्को बैठकमा पेश गर्ने बारका महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।

