गण्डकी। उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय हवको रुपमा विकास गर्न सरकार प्रतिवद्ध भएर लागिपरेको वताएका छन् ।
७४ औं अन्नपूर्ण दिवसको अबसर पारेर परराष्ट्र मन्त्रालय,नेपाल पर्यटन वोर्ड,गण्डकी प्रदेश कार्यालयद्धारा विभिन्न देशका राजदुत एवं विदेशी कुटनीतिक नियोगका प्रतिनिधीहरुको स्वागतार्थ पोखरामा आयोजित कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।
आगामी वर्ष १६ लाख पर्यटक देशमा भित्र्याउने लक्ष्य लिएर सोही अनुरुपमा गतिविधिहरु भैरहको उनले जानकारी दिए । उनले नयाँ पर्यटकीय गन्तब्यको पहिचान र प्रवद्र्धनमा सरकार लागिपरेको समेत बताए ।
उनले पर्यटकीय राजधानी पोखरा साहासिक पर्यटन गतिविधिमा पनि महत्वपूर्ण गन्तव्यको रुपमा विकास भैरहेकोमा खुशी ब्यक्त गरे । अन्नपूर्ण दिवसको अवसरमै विभिन्न राजदुत र कुटनीतिक नियोगका प्रतिनिधिहरुले कास्कीको धम्पुसदेखि अस्तामसम्म पदयात्रा गरेका थिए ।
विश्वमै पहिलो पटक आठहजार मिटरभन्दा अग्लो हिमाल आरोहणको सम्झनामा उक्त पदयात्राको आयोजना गरिएको थियो । स्मरण रहोस पहिलो पटक सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही मौरिस हर्जाेग र लुई लाशनालले आठ हजार ४९ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए ।