
काठमाडौँ । सरकारले बाढी, पहिरो र डुबानमा परी मृत्यु भएकाका परिवारहरुलाई दश लाखको दरले राहत उपलब्ध गराउने भएको छ ।
आज अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा बसेको मन्त्रीपरिषदको पहिलो बैठकले सो निर्णय गरेको हो । बैठकले विपदमा परी १० दिनसम्म बेपत्ता भएकाहरुलाई पनि मृतक सरहनै राहत उपलब्ध गराउने निर्णय गरेको छ । सञ्चार मन्त्री एवं सरकारी प्रवक्ताले यसअघि कानूनी रुपमा यो ब्यवस्था नभएकोले मन्त्रीपरिषदले निर्णय गरेको हो ।





